इटहरीः पूर्वेली लोक लयमा तयार पारिएको बहु प्रतिक्षित गीत ‘सुपारी सुटुक्कै’ नेपाल मिडियाको अफिसियल युट्युब च्यानलबाट आज सार्वजनिक भएको छ ।

डि आर अटु को रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन(राई/लिम्बू)लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएको छ ।

द भ्वाइस अफ किड्सी कि फाईनलिष्ट पेमा दिछेन तामाङ र गायक संगाम शेर्मा को स्वरमा रहेको यो गीतमा संगीत चर्चित संगीतकार डिआर अटुले ले भरेका छन् । गीतको एरेन्जमा राजु कार्कीले सहयोग गरेका छन् । लिम्दुनी क्रियसन र कोरियन स्टुडियोमा मा रेकर्ड गरिएको यो गीतलाई निरु लाबती लिम्बुले लगानी गरेकी हुन ।

vlcsnap-2022-03-07-07h56m53s572

पुर्वेली लोकजीवन र रहनसहनलाई मायाप्रेमसँग फ्युजन गरेर उत्पादन गरिएको यो भिडियोलाई दिनेश माङबो निर्देशन गरेका छन् । गीतमा मुख्य अभिनय विल्सन विक्रम राई ,पेमा दिछेन तामाङ, पुष्पाञ्जली तिलिङ मादेन , रुद्ध पाहिम , चन्द्र गोले तामाङ, प्रिया लिम्बुले पनि साथ दिएका छन् । यस गीत तथा भिडियोलाई सम्पादन अनिल राना ले गरेका छन् यसै गरि क्यामेरा बुद्ध थापाले घुमाएका छन् ।