इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरामा जन्मिएको किड्स ह्याप्पि होम ९ बर्षको भयो । नौ बर्ष पुग्नै लाग्दा ह्याप्पि होमसले निकैलाई खुसी दिएको छ । दुःख दिनेहरु पनि समाजमा धेरै छन्, तर खुसी दिने कमै भेटिन्छन् त्यही खुसी साट्न ह्याप्पि होम्सले सोमबार आफ्नो पहिलो ब्याजका विद्यार्थीहरुलाई हर्षित बनायो ।

माहौललाई निकै भावुक बनाउँदै बिद्यार्थीहरुले ९ बर्ष सम्म होम्समा विताएका सुख र खुसीका पलहरुलाई सम्झिए । प्रि–केजी देखि लिएर कक्षा ५ सम्म अध्ययापन गराइरहेको ह्याप्पि होम्सको पहिलो व्याजका विद्यार्थीहरु बिदाई भएर अर्को तहको पढाईका लागि अर्कै विद्यालय जाने तयारीमा छन् । यहि माहौललाई उत्सवको रुपमा मनाउन ह्याप्पी होम्सले अभिभावक डे र ग्राजुएसन डे सँगसँगै मनाउने तयारी गरेको थियो ।

कार्यक्रमलाई भव्य बनाउनका लागि होम्सले प्रि–केजी देखि कक्षा ५ सम्मकै विद्यार्थीलाई सहभागी गराएर सांस्कृतिक कार्यक्रमका साथै स्पिच, र नाटकीय प्रस्तुती सम्मको कार्यक्रम सोमबार(आज)राख्यो । साना नानीहरुले आफ्नो प्रस्तुती दिइरहँदा हेर्न भेला भएका अभिभावकहरुको मुहार हेर्न लायक हर्षित बनेको थियो ।

कार्यक्रममा उपस्थित भएका स्थानीय अर्जुन बस्नेत निकै हर्षित मुद्रामा देखिन्थे । पाँच कक्षा उत्तिण भएर अर्को कक्षाको लागि अन्यन्त्र जाने बिद्यार्थीका अभिभावक समेत रहेका बस्नेतले ह्याप्पि होम्समा आफ्ना बच्चाहरु निकै अनुशासित र सुरक्षित रहेको महशुस गरेको सुनाए । आफुलाई गर्व गर्न लायक वातावरण बनाएकोमा बस्नेतले किड्स ह्याप्पि होम्सका शिक्षक कर्मचारीलाई धन्यवाद समेत टक्राए ।

274864638_665198431419252_7862538091374545852_n

कार्यक्रममा प्रमुख अतिथीको रुपमा आएका सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नीजि क्षेत्रले सहभागिता जनाएको क्षेत्रमा शिक्षाले ठुलो फड्को मारेको बताए । सुनसरी प्यावसन्का उपाध्यक्ष नेलसन् ढकालले बच्चाबाट मोवाइल हटाइदिन अभिभावकमा अनुरोध गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै होम्सका सन्चालक सुनिल भुषालले भर्खरै बोल्न जान्दै गर्दा आएका विद्यार्थीहरु कक्षा ५ सम्मको पढाई सकाएर अर्को लेभलको पढाईको लागि बिदा हुँदै गर्दा दुःखको क्षण भएता पनि आफुहरुलाई खुसी लागेको सुनाए ।

कार्यक्रममा अतिथीको रुपमा आएका विश्व आदर्श कलेज इटहरीको चियरमेन लेखनाथ धिमिरेले किड्स ह्याप्पि होम्सले नानीबाबुहरुलाई राम्रो अभ्यास गराएको पाइएको बताए । पहिलो घोकन्ती विद्या धावन्ती खेती भन्ने गरिएतापनि अहिले आएर शिक्षा भनेको घोक्ने नभई सिक्ने प्रक्रिया भएको घिमिरेले बताए ।

275317009_381576490070029_2505205413617152698_n

कार्यक्रममा अर्का अभिभावक तथा पत्रकार अमर खड्काले किड्स ह्याप्पि होम्सले असल नागरिक बनाउने जिम्मा लिएको र आफ्ना नानीबाबुलाई राम्रो संस्कार सिकाएको अनुभव साटेका थिए ।

पहिला इटहरीको तरहरा क्षेत्रमा मन्टेश्वरी कन्सेप्टको अन्य विद्यालय नभएको अवस्थामा आफुहरुले सुरुवात गरेको होम्सलाई अझै गुणस्तरिय र प्रविधियुत्त बनाउँदै लगिने किड्स ह्याप्पि होम्सका अध्यक्ष मणिराम श्रेष्ठले बताए । आफ्नै जग्गामा सञ्चालन भएको होम्समा अहिले झण्डै २ सय विद्यार्थी अध्ययनरत रहेका छन् । मन्टेश्वरी कन्सेप्टमा अध्ययन गरेका नानीबाबुलाई उनिहरुको क्षमता अनुसारको विद्यालयमा अध्यापन गराउन अभिभावकलाई सुझाव दिने अध्यक्ष श्रेष्ठको भनाई थियो ।

274864634_1122546835214142_1185836701542724865_n

विद्यालयकी शिक्षिका अन्जना गौतमले सन्चालन गरेको कार्यक्रममा होम्सकी प्रिन्सिपल रिता भुषालले आफुले ९ बर्ष सम्म पढाएका नानीबानुलाई कालो टोपी सहित ग्राजुएसनको सर्टिफिकेट दिएर बिदागर्न पाउँदा मन दुखेपनि खुसी लागेको बताइन् । कार्यक्रमको बिचबिचमा निकै भाबुक देखिएकी भुषाल नानीबाबुहरुसँग सिकाई प्रक्रियामा सामेल हुन पाउँदा आफुलाई सुःखद आभाष हुने बताइन् ।