इटहरीः सुनसरीको कम्युनिष्ट राजनितिलाई कोट्याउने हो भने पुरानो नाम हो,राम कोइराला । पञ्चायत विरुद्धको आन्दोलन देखि लिएर २०६२/ ०६३ को जनआन्दोलन अनि देशलाई गणतन्त्रमय बनाउन यीनै रामहरुको हात छ । सामान्य किसान परिवारमा जन्मिएका कोइराला विद्यार्थी कालदेखि निरकुंशताको विरुद्धमा लड्दै हिडेका एक राजनितिक सिपाही हुन् । झापाको गौरादहमा २०२७ सालमा जन्मिएका राम सानै देखि अन्याय र अत्याचारको विरुद्धमा आँगो ओकल्नेहरुमा पर्छन् । उनको माध्यामिक शिक्षा उर्लाबारीको राधिका माविमा भएको थियो भने उच्च शिक्षाको बेला उनि परिवारसहित सुनसरी आएका थिए । रामले प्रविणता प्रमाणपत्र तह र स्नातकको पढाई भने इनरुवाको सुनसरी बहुमुखी क्याम्पसबाट पुरा गरेका हुन् । डिग्री पढ्ने क्रममा राम विराटनगरको डिग्री क्याम्पस सम्म पुगे, तर डिग्री सकाउन भने पाएनन् ।

समाजको सेवा एक प्रकारको नशा हो, प्राय राजनितिमा लाग्ने धेरै व्यत्तिहरु कुनै न कुनै हिसावमा समाजसेवामा लागेका हुन्छन् । रामको जिन्दगी पनि त्यसैगरी समाजसेवामा जोडिएको देखिन्छ । तत्कालिन अवस्थामा पञ्चायत विरुद्धको राजनितिमा लागेका कोइराला सुनसरी बहुमुखी क्याम्पसमा अध्ययनरत हुँदै गर्दा २०५१ सालमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएका थिए भने अखिलको सुनसरी जिल्ला अध्यक्ष हुदैँ अञ्चल कमिटि सम्म पुगेका थिए ।
आफु बसोबास गरिरहेको क्षेत्र तत्कालिन भादगाँउ सिनवरीमा बहुदल आउनुपुर्वनै भादगाउँ गाउँपञ्चायत थियो । त्यतिबेला नेकपा मालेको संस्थापक सचिव थिए, राम कोइराला । त्यतिवेलाको सचिव भनेको पार्टीको जिल्ला प्रमुख हो । २०४६ सालको बहुदलको पक्षमा आन्दोलन गर्दै गर्दा फागुन ७ गते विराटनगरबाट पक्राउ परेका थिए, उनि । त्यतिवेला कोइराला डेढ महिना जेल जीवन विताए र बहुदलको घोषणा भएपछि मात्रै छुटेका थिए । देशमा निरकुंश शासनको विरुद्धमा डेढ महिनाको जेल जीवन समेत भोगेका कोइराला पछि नेकपा एमाले बन्दाका बखत २०४८ सालमा भासी गाविस, भरौल गाविस र सिँगिया गाविसको इलाका सचिव बनेका थिए ।

ram 1

देशमा राजनितिक व्यवस्था फेरिँदै गयो, तर अन्याय र अत्याचारका विरुद्ध लड्ने कोइरालाहरु फेरिएनन् । निरंकुशता विरुद्धको लडाई गर्ने क्रममै राम कोइरालाका भाई माओवादी द्धन्द्धकालमा मारिए, त्यसपछि सरकारप्रति एक किसिमको घृणा भाव पैंदा भयो, त्यसैले २०६२ । ०६३ को आन्दोलन भन्दा एक बर्ष अघि राम माओवादीमा लागे । माओवादीमा लाग्नु कोइरालाको पारिवारिक कारण थियो र आफ्नो भाई गुमाएको पिडाबोध पनि । नेकपा माओवादीको पुर्वी क्षेत्रिय व्युरो सेक्रेटरी समेत रहेका उनका भाई रोहित को २०५८ सालमा सरकारतर्फबाट हत्या भएको थियो । झण्डै १० बर्ष नेकपा माओवादीमा लागेका कोइराला केन्द्रिय सदस्य सम्म भएका थिए । पार्टी एकिकरण हुनु भन्दा एक बर्ष अगाडी कोइराला पुनः आफ्नै घर अर्थात नेकपा एमालेमा फर्किएका हुन् । बैचारिक हिसावले माओवादी खासै नराम्रो पार्टी नभएको बुझाई राख्ने कोइराला माओवादीलाई केही स्वार्थी र लडाकु मानसिकताका कारण छाड्नु परेको धारणा राख्छन् ।

पछि पार्टी एकिकरण भएर नेकपा बनिसकेपछि रामधुनी नगरकमिटिको अध्यक्ष, प्रदेश एक कमिटिको सदस्य हँुदै अहिले पार्टीको सातौ सुनसरी जिल्ला महाधिवेशनबाट सुनसरी जिल्ला उप सचिवमा निर्वाचित भएका छन्, राम कोइराला । कोइराला सबैभन्दा बढि मत पाउने उप सचिव समेत हुन् । अहिले पार्टीले उनलाई जिल्लाको प्रचार प्रसार कमिटिको इन्चार्जको समेत जिम्मेवारी दिएको छ ।

राजनिति भनेको समाज विज्ञानको कुरा हो, तर पनि युवाहरु कम्युनिष्टहरु असल हुन्छन् ,राम्रो हुन्छन् भन्ने धारणा राख्छन् । राजनितिमा बुझेर लाग्ने संगठित सदस्यहरु भएता पनि जनताले भने सबै कुरा बुझ्न नसकेको कोइरालाको भनाई छ ।

देशमा ठुला राजनितिक परिवर्तनहरु भए तर समाजमा खासै परिवर्तन आएन, आयो तर नेतृत्वको जीवनशैलीमा मात्रै यस कारण युवाहरुमा कुण्ठा र निरासा आएको कोइरालाको स्वीकारोक्ति छ । परिवर्तनको जगमा टेकेर पार्टीका नेताहरुको जीवनशैली फेरिँदा अहिले जनताको घरमा गणतन्त्रको दियो नबलेको रामको स्पष्ट भनाई छ । केही युवाहरु नेताको पछाडी हिडेर स्वार्थको राजनिति गर्न व्यस्त छन्, भने कतिपय युवा दुव्र्यसनी, कुलत र गलत बाटोमा हिडेको कोइरालाको विश्लेषण छ । युवाहरु राजनितिमा खुलेर नलाग्नुको कारण भनेको शिक्षा नीतिमा परिवर्तन नहुनु तथा व्यवसाय मुखी शिक्षा नहुनु लगायत रहेको उनको बुझाई छ ।

ram g 2

राजनितिक पार्टीको केन्द्रमा कुरा नमिल्दा भनौ या त समयको माग भनौ एमालेमा विद्रोह गरेर माधव नेपालको नेतृत्वमा नेकमा एस जन्मिएको छ । एमाले र माओवादी मिलेर बनेको नेकपा टुटेपछि एक हिसावले पार्टी क्षतविच्छेद नै भएको छ, तर पनि एमालेको सुनसरीलाई धेरैमा २ प्रतिशतमात्रै घाटा रहेको पार्टी नेता कोइराला बताउँछन् । उनका अनुसार सुनसरीमा पुर्व माओवादीका मात्रै १८६८ जना संगठित सदस्यहरु एमालेमै कायम रहेको, जनतामा पनि ४० प्रतिशत पुर्व माओवादीहरु एमालेको पक्षमा रहेको कोइरालाको दावी छ । एमाले अहिले सरकारमा नरहे पनि एमाले सरकारमा रहँदाका बखत देशमा विकास हुन्छ भन्ने आशाको सञ्चार गराएको र पहिलो पटक भोट दिने युवाले एमालेलाई पुनः भोट दिने विश्वास उनले गरेका छन् । असल उम्मेद्वार चयन गर्न सके सुनसरीमा एमालेले राम्रो मत पाएर जित्नेमा आफुहरु आशावादी रहेको कोइरालाले सुनाए ।

एमाले सुनसरी अहिले सम्पुर्ण रुपमा चैत ५ गतेसम्म गाउँ गाउँ र टोल टोलमा पार्टीको र पार्टीका विभिन्न जनवर्गीय संगठन विस्तारमा रहेको प्रचार प्रसार विभागको प्रमुख समेत रहेका कोइराला बताउँछन्् । “हामी १२ वटै पालिकाहरुमा संगठन विस्तार गर्ने क्रममा छौँ सबै साथीहरु बेस्सरी लागिरहनु भएको छ।” राम भन्दै थिए । विद्यार्थी कालदेखिको आफुले गरेको राजनितिबाट देशमा ठुलो राजनितिक परिवर्तन आयो, तर कोइरालको जिन्दगीमा त्यस्तो परिवर्तन आएको पाइदैन । “सामन्तबादको जरा उखेलेर फाल्यौँ, मलाई गर्व लाग्छ जेल जीवन बिताइयो, परिवर्तन ल्याइयो, सबै जनता सुखी हुदा मँ पनि खुसी हुनै नै भएँ । मलाई नीजि सम्पत्ति थुपार्ने सोख आएन, देशमा गणतन्त्र आयो, अव हाम्रै जीवनकालमा समाजवाद आउँछ ” समाजवाद तर्फ आशावादी रहेका कोइराला भन्छन् ।

जिम्मेवारीबाट पछि नहट्ने रामले अहिले सम्म पार्टीले दिएका हरेक जिम्मेवारी सफलता पूर्वक सम्पन्न गरि कुशल नेताका रुपमा आफुलाई दर्ज गराउन सफल भईसकेका छन् । बजारमा सुनिने हल्लाहरु हुन् । भन्नेहरुले अवको रामधुनी नगरपालिकाको मेयर राम कोइराला भन्ने गरेका छन्, तर उनको पार्टी एमालेले जथाभावी उम्मेद्वारीको कुरा गर्दै नहिड्नु भनेको छ, तर पनि हामीले कोइरालाई सोध्यौँ के तपाई रामधुनीको मेयरको तयारीमा हो ? कोइरालाले सटिक जवाफ दिए “आज सम्म पार्टीले दिएका मोर्चाहरु सम्हाल्दै आएको छु र सफल पनि हुदै आएको छु । पार्टीले तँ जानुपर्छ जनताको सेवा गर्नुपर्छ भनेर भन्यो भने या पार्टीले मेरो आवश्यकता महसुस गर्यो भने त्यसका लागि पनि तयार छु ।” बाँकी कुरा हामीले सोधेनौ बरु रामधुनी नगरपालिकामा विकासका सम्भावनाका कुराहरु गर्यौँ । नगरपालिकामा पदाधिकारीहरुको शक्ति सन्तुलन नमिल्दा पाँच बर्ष खेर गएको कोइराला सुनाउँछन् । अक्षमताका कारण नै नमुना विद्यालय बनाउने साथै नेपाल सरकारको अवधारण अनुसार हरेक वडामा प्राथमिक स्वास्थ्य केन्द्र बनाउने लगायतका धेरै बजेटहरु फिर्ता गएको उनले हामीलाई बताए । यहाँको विकास नहुनुको कारण असफल मेयर र सफल वडा अध्यक्ष रहेको रामको बुझाई थियो ।

ram 3

अघिल्लो निर्वाचनमा रामधुनीको स्थानीय चुनावमा घोषणापत्र रामहरुलेनै बनाएका हुन् । रामधुनीमा रिङ्ग रोड बनाउने, रामधुनीका भुमिहिनलाई जमिनको मालिक र घरको मालिक बनाउने देखि लिएर बेरोजगार युवालाई दक्ष बनाउन तालिमको व्यवस्था गर्ने र केही न केही हिसावमा उत्पादनमा जोड्ने साथै नगरभित्रै कृषी सहकारीको निर्माण गरेर व्यवसायमुखी कृषीमा उत्प्रेरणा गर्ने लगायतका काम आफ्नो पार्टीेको मेयर भएको भए रामधुनीमा गर्ने योजना रहेको कोइराला सुनाउँछन् । अघिल्लो चुनावमा जाँदै गर्दा लिएका योजनाहरु कति लागू भए या त कति भएनन्, तर काँग्रेस पार्टीको मेयर पाएको रामधुनीमा मेयरकै कारणले या त काँग्रेस पार्टीकै कारणले रामधुनीमा विकासका कामहरु नभएको उनको आरोप छ । उपमेयर त एमालेकै हो नि भन्ने प्रसंगमा कोइरालाले उपमेयर एक्लैने गर्न नसक्ने र अन्तिम हस्ताक्षर कर्ता मेयर नै भएका कारण उपमेयरले गरेका काम नदेखिएको बताउँछन् ।

रामधुनीमा अझै पनि सामुहिक कृषी खेतिगर्ने देखि लिएर यहाँको आलु लगायतका कृषी योग्य सामानहरु भण्डारण गर्न कोल्ड स्टोर बनाउने, मल विरुवाको व्यवस्था गर्न के गर्नुपर्छ, त्यो आफुहरुले गर्ने त्यो सँगै माछामा किसानलाई उत्साहित बनाएर आत्मनिर्भर बनाउने, कृषी उत्पादनमा स्थानीय सरकारको तर्फबाट मुल्य निर्धारण गरिदिने लगायतका काम आफ्नो पार्टीले रामधुनीको नेतृत्व गर्न पाएमा गर्ने सामाजिक व्यत्तित्व समेत रहेका कोइरालाले सुनाए ।त्यतिमात्रै नभएर स्थानीय सरकार आफैँले सहजिकरण गरेर कोरिया लगायतका विकसित देशमा बेरोजगार युवालाई तालिम समेत प्रदान गरेर पठाउन सकिने उनी बताउँछन् । नगरपालिका भएपनि रामधुनी नगरपालिकाले अहिलेसम्म एउटा दमकल खरिद गर्न नसक्नुमा रामले गुनासो गरे । जीवनलाई भोगाईसँग जोड्ने कोइराला मानवअधिकारका क्षेत्रमा समेत निकै लामो समय योगादन गरेका व्यक्तित्व हुन् ।

47578446_2203223466663293_4412435673747816448_n

 

तत्कालिन सरकार माओवादीको विचमा द्धन्द्धहुँदा क्रान्तिकारी र सरकारी पक्षबाट बेला बेला हुने अपहरण, गिरफ्तारी जस्ता कार्य हुँदा दुवै पक्षलाई दवाव दिएर धेरैको ज्यान बचाउन समेत सफल कोइराला अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका सुनसरी जिल्ला प्रतिनिधि समेत रहेका थिए । पछि कोइरालाले आफ्नै अगुवाईमा सामाजिक सचेतनाका लागि सुचना केन्द्र नामको संस्था समेत जन्माए । त्यतिमात्र नभएर मानवअधिकार एलायन्स सुनसरीको संस्थापक अध्यक्ष समेत कोइरालानै रहेका थिए । इन्सेकमा रहँदा देशभरीको उत्कृष्ट मानवअधिकारकर्मीको रुपमा तत्कालिन प्रद्यानमन्त्री स्वःगिरिजाप्रसाद कोइरालाको हातबाट रामले पुरस्कार समेत पाए । हुन त द्धन्द्धको बेला आफ्नो जीवनलाई समेत दाउँमा राखेर जीवन रक्षाको लागि अहोरात्र खटिएका कोइराला अनन्त जीवनमा अमुल्य पात्र हुन्,जो जिन्दगीसँग संघर्ष गरिरहेका छन् ।