रामधुनीः नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघ नेपाल, सुनसरीले पटक–पटक गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज खारेज गर्न सरकारसमक्ष माग गरेको छ ।

सोमबार युवा संघ सुनसरीको तर्फबाट उपाध्यक्ष हिमाल जंग खड्का र सचिव प्रकाश दाहालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

275146999_993699431244126_4083231630899330780_n

‘पछिल्लो समय गरिएको मुल्य वृद्धिको घोर भत्सना गर्दै उक्त निर्णय सच्याउँदै मुल्य वृद्धिको निर्णय खारेज गर्न युवासंघ नेपाल सुनसरी जिल्ला कमिटी सरकारसमक्ष जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज नभए शसक्त प्रतिकार गर्ने समेत युवा संघले चेतावनी दिएको छ ।

त्यस्तै, रसिया–युक्रेन युद्धले मारमा परेका नेपाली नागरिकलाई तुरुन्तै स्वदेश फिर्ता वा सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत नेपाल सरकारलाई विज्ञप्तिमार्फत ध्यानकर्षण गराइएको छ ।