धनकुटाः धनकुटामा खरको छाना विस्थापित गरी टिनको छाना लगाउन शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सात वटै स्थानीय तहमा बजेट विनियोजन गरेकी छन् ।

शहरी विकास मन्त्रालयको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत धनकुटा जिल्लाका ७ वटै स्थानीय तहलाई फुस, खर, खपटारटायलको छानारहित बनाई जस्तापाताको छानो राख्न ७ वटा स्थानीय तहका ६ हजार ३ सय वटा घरका छाना हटाउन बजेट विनियोजन गरेकी हुन् ।

सो अन्तरर्गत पुरानो २ हजार २ सय ७९ र थप ६ हजार ३ सय घरका लागि चालु आर्थिक वर्षमा प्रति घर पुरानो सम्झौता भइसकेको हकमा ५० हजथार र नयाँ थपलाई प्रति घर ७५ हजारका दरले आवश्यक वजेटको व्यवस्था भएको छ ।

नेकपा एकीकृत समाजवादीसहित नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीको समेत पहलमा धनकुटा नगरपालिकामा ७ सय ५०, पाख्रिवास नगरपालिकामा ६ सय र महालक्ष्मी नगरपालिकामा १५ सय घरमा टीनको छाना लगाउन बजेट आएको छ । त्यसैगरी छथर जोरपाटी गाउँपालिकामा ३ सय, सहिदभुमीमा ११ सय, साँगुरीगढीमा ८ सय ५० र चौविसेमा १२ सय घरमा टीन लगाउन बजेट आएको छ ।

शहरी विकास मन्त्रालयबाट बजेट समेत निकासा भएपछि धनकुटाका सबै स्थानीय तहबाट वडा कार्यालयको सिफारिसका आधारमा सम्झौता हुनेछ । त्यसकै आधारमा धनकुटाका ६ हजार ३ सय वटा घरका छाना हट्ने छन् ।