बराहक्षेत्रः सप्तकोसी बहुमुखी क्याम्पसले बक्तृत्वकला प्रतियोगितामा आयोजना गरेर ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । बराहक्षेत्र ७ स्थित क्याम्पस भवनमा भएको प्रतियोगितामा शिक्षामा महिला सहभागितास् अवसर र चुनौती शिर्षकमा बतृत्वकला सम्पन्न गरिएको थियो ।

प्रतियोगितामा नुनाले पौडेलले प्रथम स्थान हासिल गर्दै शैक्षिक सामाग्रीसहित पुरस्कृत भइन् भने दोस्रो भएकी अस्मिता श्रेष्ठ र तेस्रो भएकी मनिषा लिम्बू पनि शैक्षिक सामाग्रीसहित पुरस्कृत भए ।

द्वितीय र त्रीतिय भएका स्थानका लागि समान अंक हासिल गरेका चन्द्रमाया कट्वाल र मनिषा लिम्बूलाई गोलाप्रथा गराउँदा सान्त्वना स्थान हासिल गरेकी चन्द्रमाया पाँच सय नगदसहित पुरस्कृत भएकी हुन् । यद्यपि बिजेताहरुसहित सम्पूर्ण सहभागिहरु प्रमाणपत्रले सम्मानित गरिएको थियो ।
प्रतियोगितामा १३ जनाले सहभागिता जनाउँदै गर्दा प्रल्हाद भट्टराई, शुशिला खनाल पौडेल र देबराज काफ्लेको निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए ।

बराहक्षेत्र ३ निवासी कमला थापाले पुरस्कार प्रायोजन गरेकी हुन् । आफ्नो जन्मदिनको अवसरमा विजेता हुनेहरुको लागि पुरस्कारको प्रायोजन गरि आजको प्रतियोगिताको प्रबन्ध मिलाएको थापाले बताइन् ।क्याम्पस संचालक समितिकि उपाध्यक्ष इनु अधिकारीको सभादक्ष्यता र बराहक्षेत्र नगरकी उपप्रमुख कमला मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख खगेन्द्र निरौलाले भने, सप्तकोसी क्याम्पसले अध्ययनको अलवा गर्ने अन्य कार्यक्रमहरु अन्तर्गत आजको बक्तृत्वकला आयोजना गरिएको हो । उनकाअनुसार क्याम्पसमा यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनेछन् ।