काठमाण्डौंः अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर मंगलबार ‘बुलाकी’ फिल्मको फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । दर्शकमाझ कौतुहलता पैदा गर्न सफल पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई मात्र प्रस्तुत गरिएको छ ।

कर्णाली भेगको जनजीवन,रितिथिति तथा संस्कृति समेटिएको बताइने गरिएको फिल्म लक्ष्मण सुनारको निर्देशनमा टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । स्व. मोति बिष्टको प्रस्तुति रहेको फिल्म डोल्पा, जाजरकोट र रुकुमका बिभिन्न स्थानमा खिचिएको हो ।

फिल्ममा सुरक्षाका साथमा नरेन्द्र खड्का, नवअभिनेता बिराज बिष्ट र प्रकाश कँडेल,रमेश बुढाथोकी,सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी,झलनाथ खत्री, सरस्वती खत्री,उपासना वाइवा,सोनु सेढाइ,धनबहादुर राई,लक्ष्मण देवकोटा,वसन्त परियारले अभिनय गरेका छन् ।

छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ शिब ढकालले खिचेका हुन् । केही समयमै फिल्मको टिजरका साथमा प्रदर्शन मिति सार्वजनीक गरिने जानकारी निर्माता टोपेन्द्रले दिएका छन् ।