इटहरीः रामधुनी नगरपालिका वडा नम्बर ५ मा रहेको आरम्भ विद्यामन्दिरले मंगलबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २ सय ६७ अभिभावक र विद्यालयमा अध्ययन गर्ने साढे ३ सय विद्यार्थीले स्वास्थ्य परिक्षण गराएका छन् ।

रामधुनी नगरक्षेत्रका स्थानीय र आसपासका नागरिकलाई लक्षित गर्दै आयोजना गरिएको स्वास्थ्य शिविरमा आफ्ना साढे ३ सय विद्यार्थी सहित अभिभावकहरुले स्वास्थ्य परिक्षण गराएको विद्यामन्दिरका प्रिन्सिपल विमल बरालले प्रदेश पोर्टललाई बताए ।शिविरमा विद्यार्थीहरुको आँखा, नाक, कान, दाँत र बालपोषण बालबालिका सम्बन्धी विशेषज्ञबाटै चेक जाँच गराइएको थियो ।

आफ्नै विद्यालय रामधुनी ५ मा आयोजना भएको शिविरलाई इटहरी स्थित नवदृष्टि आखाँ अस्पतालको सहयोगमा आँखा सम्बन्धि परिक्षण, रामधुनीकै झुम्का स्थित रामधुनी डेन्टल क्लिनिकको सहयोगमा दन्त परिक्षण र सिग्नुत्र नामक संस्थाको सहयोगमा बालपोषण विशेषज्ञ सेवा दिइएको थियो ।

275453156_388094353129267_1186037993161587111_n

शिविरलाई रामधुनीकै साई मेडिकल हलले समेत सहयोग गरेको थियो । रामधुनी नगरपालिकाको वडा नम्बर ५ को समेत सहयोग रहेको शिविर विहान १० बजेदेखि दिउँसो झण्डै साढे ४ बजेसम्म चलेको विद्यालयका एकेडेमीक डाइरेक्टर हरि रायमाझिले बताए । दिउँसो ३ बजेसम्म मात्रै चलाउने भनिए पनि स्वास्थ्य परिक्षण गर्न चाहानेहरुको उल्लेख्य उपस्थितीका कारण ढिलो सम्म चलाइएको रायमाझीले बताए ।

विद्यालयले बालबालिकाको खानपान र पोषणका साथै नाक, आखाँ, कान र दाँतको राम्रो स्याहार होस् भन्ने हेतुले शिविरको आयोजना गरिएको र भविश्यमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बिद्यामन्दिरले बताएको छ ।

275024129_268306065480340_2420381611014124871_n