इटहरीः नेपाल सरकारको चालु खाता अघिल्लो बर्षको तुलनामा ३ खर्ब घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै सरकारको चालु खाता घाटामा रहेको देखाएको हो ।

चालु आर्थिक बर्षको ७ महिनामा सरकारको चालु खाता ४ खर्ब १३ अर्ब रुपैँयाले घाटामा रहेको छ । गत बर्षको सोही अवधिमा सरकारको चालु खाता १ खर्ब ४ अर्ब रुपैँयाले घाटामा देखिएको थियो । केन्द्रीय बैंकका अनुसार माघ मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा रहेको थियो ।

यता, ७ महिनाको अवधिमा विदेशी मुद्रा सञ्चिति १६।२५ ले घटेको छ । गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेकामा माघ मसान्तमा घटेर ११ खर्ब ७३ अर्ब २ करोड रुपैयाँमा आएको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा कुल वस्तु निर्यात ८८।३५ ले वृद्धि भएर १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७।६५ ले मात्र वृद्धि भएको थियो । अर्कोतर्फ, कुल वस्तु आयात ४२।८५ ले बढेर ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ०।०१५ ले मात्र बढेको थियो ।