इटहरीः सरकारले आगामी बर्षदेखि लागु हुने गरी दशैँ विदा एक दिन बढि दिने भएको छ ।

हिजो (विहिबार)गृह मन्त्रालयले राजपत्रमा सुचना निकालेर पहिला दिँदै आएको सार्वजनिक विदालाई हेरफेर गरेको हो ।

सार्वजनिक गरीएको नयाँ विदा सुचि अनुसार फुलपातीबाट द्धादसि सम्म दशैं विदा हुनेछ । पहिले फूलपातीदेखि एकादशीसम्म मात्रै बिदा हुने गरेकोमा अब द्वादशीसम्म बिदा दिने सरकारले निर्णय गरेको छ

सरकारले आउँदो वर्ष क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्ती, तमु र सोनाम ल्होसार तथा मुस्लिम समुदायको चाडमा पनि बिदा दिने निर्णय गरेको छ । सूचनामा सार्वजनिक पर्व तथा सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरिएको छ ।