Bating garedai purwanal  (1) विराटनगरः पूर्वाञ्चल क्रिकेट क्बल विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ ।

मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटको खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा एमसिसी ‘ए’ क्रिकेट क्बल विराटनगरलाई ३९ रनले हराउँदै पूर्वाञ्चल फाइनलमा पुगेकोे हो ।

पूर्वाञ्चलले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको एमसिसी ‘ए’ ले १८ दशमलप १ बलमा १६४ रन बनाउँदा अलआउट भयो । एमसिसी ‘ए’ सन्तोष कार्कीले १९ बलमा २४ रन र तिर्थ राज दासले ३० बलमा ३३ रन जोडे ।

पूर्वाञ्चलको जितमा अजय राजवंशीले उत्कृष्ट प्रर्दशन गरे । उत्कृष्ट बलिङ्ग गरेका अजयले ४ विकेट हात पारे । श्रर्वण यादव र मन्जित श्रेष्ठले समान २÷२ विकेट लिए ।

 

यसअघि टस हारेर ब्याटिङ पाएको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०३ रनको बिशाल योगफल खडा गरेका थिए । एमसिसी ‘ए’ विरुद्ध पूर्वाञ्चलका सोनु अन्सारीले अर्धशतक कटाए । उनले ३९ बलमा अर्धशतक कटाउँदै ७३ रनको इनिङ खेले । अर्धशतक कटाउँदा सोनुको ब्याटबाट ६ छक्का र ८ वटा चौका निस्कियो ।

पूर्वाञ्चलका सिद्धार्थ लोहनीले ४४ रनको योगदान गरे । उनको ब्याटबाट ६ छक्का र १ चौका निस्कियो । अलराउण्ड प्रर्दशन गरेका पूर्वाञ्चलका मन्जित श्रेष्ठले ४७ जोडे ।

विस्फोटक ब्याटिङ गरेका अन्र्तराष्ट्रिय खेलाडी समेत रहेका श्रेष्ठको ब्याटबाट ३ छक्का र ५ चौक्का निस्कियो । उनले बलिङमा पनि २ विकेट हात परेका थिए । जितसँगै पूर्वाञ्चलले शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा समशेर क्रिकेट क्बल कानपुर र सन्नी क्रिकेट क्बल कटियारसँगको बिजेता टिमसँग उपाधिको लागि भिड्नेछ ।

एमसिसी ‘ए’ का बुलन सहनी र महबुन आलमले समान ३/३ विकेट लिए । पूर्वाञ्चललाई फाइनल यात्रा पु¥याउन उत्कृष्ट खेल प्रर्दशन गरेका अजय राजवंशी म्यान अफ द म्याच घोषित भए ।