इटहरीः मोरङको सुन्दरहरैचा–७ मा अर्धचेत अवस्थामा भेटिएकी २१ महिने बालिकाको मृत्यु भएको छ । उनीमाथि बलात्कार भएको आशङ्का गरिएको छ ।

प्रहरीका अनुसार शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकैको झाडीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् ।

यौनाङ्गमा रक्ताम्य भएकी बालिकालाई भेटेपछि आफन्तले गछिया मेडिकलमा लगेका थिए । पछि बलात्कार भएजस्तो देखिएपछि थप उपचारका लागि नोबेल लगिएको थियो । बालिकाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

शुक्रबार बेलुका ४ बजेबाट हराएकी बालिका घर पछाडि रहेको झाडीमा साढे ५ बजेतिर भेटिएको प्रहरीले जनाएको छ ।
घटना शङ्कास्पद भएकाले अनुसन्धान भइरहेको मोरङमा प्रहरी उपरीक्षक जनर्दन जिसीले बताए ।

शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उनले बताए । पोस्टमार्टमपछि थप विषय खुल्ने उनले बताए ।