काठमाण्डौंः सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी विचारधाराको भएकाले सफलता पाउने दाबी गरेका छन् ।

शनिबार बिहान काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा ओखलढुंगा पूर्व नेकपा विप्लव इन्चार्ज अमृत बस्नेतको नेतृत्वमा दर्जन कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीमा इमान्दारिता, निष्ठा र समाज रुपान्तरणको संकल्प भएकाले यो सबैको आकर्षणको केन्द्र बनेको बताए ।

यसैबीच उनले आफू नेकपा एमालेको संस्थापकमध्ये १ भए पनि त्यस पार्टीमा विद्रोह गरेर नयाँ पार्टी बनाउन बाध्य भएको बताए । हामीले यत्रो प्रतिकूलताको बीचमा जुन हिसाबले पार्टीको निर्माण गर्यौं त्यो केपी ओलीले कल्पना पनि गरेको छैन ’ नेपालले भने । उनले आफ्नो पार्टी अन्य पार्टीभन्दा फरक भएको दाबी पनि गरे । ‘हाम्रो पार्टी भिन्न छ, भिन्न बनाउनु पनि पर्छ। इमान्दारिताको पक्ष छ, निष्ठाको पक्ष छ, समर्पणको पक्ष छ, जनताको सेवा गर्ने पवित्र भावनाको पक्ष छ ।

275443077_946799319308300_6699583707633686068_n

समाजको रुपतान्तरण गरिछाड्ने संकल्प पनि छ’, अध्यक्ष नेपालले भने, ‘त्यसअनुसार नै असल व्यक्तिहरूको पहिचान गर्ने, गतिशील नयाँ पुस्तालाई क्रानितकारी विचारले ओतप्रोत गर्दै अगािड बढ्ने योजना छ ।’ विप्लव नेकपाका धेरै कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको यसका नेताले दाबी गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरुले छोटो समयमा नै पार्टीको राजनितीक औचित्य पुष्टि गरेको दाबी गरेका छन् ।पार्टीको अस्तित्व सिध्याउनका लागि गत फागुन १ मा आफूहरु माथि षड्यन्त्र भएको र त्यसलाई चकनाचुर पार्न सफल भएको बताएका छन् । ‘पार्टीको अस्तित्व सिध्याउनका लागि फागुन १ मा भएको षड्यन्त्रलाई हामीले चकनाचुर पारेका छौं,’ उनले भने ।

साथै अमेरिकी सहयोग परियोजना एमसीसीको नाममा एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न शर्त राखेर नेपाली जनताको भावनामाथि कुठराघात गर्न खोजेको आरोप लगाएका छन् ।

275376123_725726075085896_4131542255910118082_n

‘एमसीसीको नाममा केपी ओलीले निशर्त रुपमा समर्थन गरेर नेपाली जनताको भावनामाथि कुठराघात गरेर नेपाली कांग्रेससँग शर्त राखेर माधव नेपालको पार्टीको दर्ता खारेज गर, महाअभियोग प्रस्ताव दर्ता भएका प्रधानन्यायाधीशलाई वहाल गरिदेउ र ५ दलीय गठबन्धन छाड जस्ता शर्त राखेर एमसीसी पास गर्न खोज्ने कस्ता कम्युनिष्ट नेता होलान् बडा विचित्र लाग्छ उनले भने ।