इटहरीः एउटा राग गाउँन नजान्ने पनि संगीत सम्राटमा रुपमा चिनिएको भन्दै संगीतकार तथा गीतकार भरत लामाले योग्यता क्षमता र अनुभवको आधारमा मात्रै कलाकारहरुको व्यत्तित्व पहिचान हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

आफुलाई संगीतकार भन्न रुचाउने लामा मनपर्ने गीत नपाउँदा आफै गीतकार समेत हुनुपरेको बताउँदै थिए । पछिल्लो समयमा गीत संगीतमा सस्तो लोकप्रियता हासिल गर्न चाहानेहरुले नेपालको सांगीतिक क्षेत्रलाई अधोगतितिर लगेको लामाले बताए ।

एफएम रेडियोहरुले गीत संगीत बजाउँदा सर्जक, संगीतकार लगायतको नाम बजाउन छाडेको बताउँदै संगीतकार लामाले एफएमहरुलाई गीत बजाउन बन्द गर्न अनुरोध गरे । “तपाई एफएमले गीत बजाउन बन्द गर्नुस् गीत नबजाउँदा हामी कलाकार नभए हँुदैनौ ।” संगीतकार लामाले भने ।

रेडियो नेपालमा गीत रेकर्डिङ्ग हुँदा नै सच्चा कलाकार छनौट हुने गरेको लामाले बताए । “त्यतिवेला स्वर परिक्षा हुन्थ्यो तर अहिले गीत संगीतमा छाडापन आएको पैसाको भरमा जो पनि कलाकार बनेको छ” संगीतकार लामाले सुनाए ।

संगीतकार संघ नेपाल र प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यलय साथै संङ्गित साधना प्रतिष्ठान इटहरी र इटहरी वौद्धिक मञ्जको सयुक्त आयोजनामा शनिवार इटहरीमा एउटा छुट्टै प्रकारको कार्यक्रम भयो ।

275403484_343625051026870_1644335521337205628_n

इटहरीमा जनस्तरमा निर्माण भएको संङीत साधना प्रतिष्ठान राम्रो उपलव्धी भएको टिप्पणी गर्दै संगीतकार लामाले अव यहि प्रतिष्ठानले गीतकार तथा संगीतकार प्रमाणित गर्ने संस्थाको रुपमा विकसित गर्नुपर्ने आवाज उच्च बनाए ।

कार्यक्रममा गीतकार संगीतकार देखि लिएर श्रष्टा र सर्जकहरुको उल्लेख्य उपस्थिती देखिएको कार्यक्रमको विषय बस्तु भने प्रतिलिपि अधिकार सम्बन्धि कानुनी व्यवस्थाहरुको विषयमा अन्तक्र्रिया र जनचेतना रहेको थियो ।

कार्यक्रममा प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यलयकी कानुनी सल्लहाकार प्रतिमा तामाङ्गले वौद्धिक सम्पत्तीमा प्रतिलिपि अधिकार रहने स्पष्ट पारिन् । उत्पादन संघका प्रवक्ता शशि थुलुङ्गले कलाकारको वौद्धिक सम्पत्तिको प्रयोग गरेवापत संचार प्रतिष्ठानहरुले कलाकारलाई रोयल्टि दिने खालको कानुनी प्रावधानलाई लागु गर्नुपर्ने बताए ।

कार्यक्रममा नागरिक अभियान्ता राजु केसीले पुर्व अर्थात प्रदेश एक नेपाली संगीतको मेरुदण्ड भएको औल्याउँदै कलाकारलाई चुनावको बेलामात्रै राजनितिक दलहरुले प्रयोग गर्ने गरेको भन्दै अव प्रयोग हुन बाट आफैँ रोकिनुपर्ने औल्याए ।

संगीत साधना प्रतिष्ठान इटहरीका पुर्व अध्यक्ष मणिराज गुरुङ्ग, विज्ञ तारा निरौला, संगीतकार मान सिंह थुलुङ्ग, इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता लगायतले आफ्नो मन्तव्य राखेको कार्यक्रममा बोल्दै इलाका प्रहरीका कार्यलय इटहरीका डिएसपी खगेन्द्र खड्काले प्रतिलिपि अधिकार सम्बन्धिमा उजुरी आएमा दोषीलाई कानुनी दायरामा ल्याउन सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गरका थिए ।

उता सह -आयोजकको भुमिकामा रहेको इटहरी वौद्धिक मञ्चका डाक्टर रामजी तिम्सिनाले इटहरीका गीतकार तथा संगीतकारहरुको भेला बोलाएर निकट भविश्यमा संगीतका क्षेत्रको निर्मम समिक्षा गरिने सुनाए ।

प्रमुख अतिथिको रुपमा उपस्थित भएका प्रदेश एकका वन , वातावरण तथा भुमिसुधार मन्त्री शेखर चन्द्र थापाले साहित्यिक बर्गको अगाडी बोल्न खोज्दा शव्दहरु चुप लाग्ने भन्दै संगीत, साहित्य र रचना सिद्धान्त भन्दा माथि हुने बताए । कुनै बेला आफु पनि साहित्य सर्जक भएको बताउँदै मन्त्री थापाले सुचना तथा संचार सम्बन्धि विद्ययक आउन लागेकाले आफ्ना कुराहरु ज्ञापन पत्रको रुपमा मन्त्रालयमा ल्याउन आग्रह गरे ।

वरिष्ठ संगीतकार सुदाम थापाले संचालन गरेको कार्यक्रमलाई अष्ट लामाले स्वागत गरे भने कार्यक्रम संगीतकार संघ नेपालका अध्यक्ष पारस मुकारुङ्गको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा इलामेली कारकारहरु पुजन प्रद्यान, भुपेन्द्र राई, खड्ग लुगेँली, परेश श्रेष्ठ, साथै कलाकार विक्रश श्री , लोक गायक एलपी जोशि, लक्ष्मी बजगाई लगायतका उपस्थिती रहेको थियो ।