इटहरीः सुनसरी ग्रिल तथा स्टिल आलमुनियम व्यवसायी एकता संघको बार्षिक साधारण सभा शनिवार खनारमा सम्पन्न भएको छ ।

सुनसरी बारमा सचिव बिरेन्द्र प्रसाद गौतमको आतिथ्यतामा सम्पन्न भएको साधारणसभाले इन्द्र कुमार गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति समेत निर्वाचित गरेको छ ।

संघको आगामी कार्यकालको लागि निर्वाचित भएका उपाध्यक्षमा विप्लव कटुवाल, अमित कुमार झा र पार्वता खतिवडा सर्वसम्मत निर्वाचित भएका छन् भने महासचिवमा दिपेश वराइली निर्वाचित भएका छन् ।

275129581_317415243604353_540159763076423411_n

संघले आफ्नो कार्यसमितिको सचिवमा मोहम्मद अकबर अली, सहसचिव तथा जनसम्पर्क अधिकारीमा दिलिप हरिजनलाई निर्वाचित गरेको छ । उता कोषाध्यक्षमा गौतम कुमार चौधरी र सहकोषाध्यक्षमा रमदिव चौधरी चयन भएका छन् ।

साधारणसभाले पदाधिकारी बाहेक ६ जना सदस्यसमेत सर्वसम्मत चयन गरेको छ । सदस्यमा निर्वाचित हुनेहरुमा रामप्रसाद चौधरी, सुरेन्द्र कालिकोटे, विष्णु बास्तोला, मोहम्मद रसुल, भरत चौधरी र कविन्द्र गुरुङ्ग रहेको नव नियुत्त महासचिव दिपेश बराइलीले प्रदेश पोर्टललाई बताए । संघले पेशागत हिसावमा संगठित बन्दै व्यवसायी सम्वद्ध आवाजलाई संघको माध्यमबाट उठाउने बताएको छ ।