इटहरीः नेपाल पर्यटन बोर्ड, धरान उपमहानगरपालिका र स्थानीय पर्यटन व्यवसायीको आयोजनामा आगामी चैत्र ११, १२ र १३ गते हुने पर्यटकिय मेलाको भव्य तयारी भइरहको आयोजकले बताएको छ ।

बिहिबार इटहरीमा भएको सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोजक कमिटिका अध्यक्ष तथा होटल व्यवसायी भविश श्रेष्ठले प्रदेश एक भरी रहेका बिभिन्न गन्तव्यको प्रचार प्रसार र पर्यटन व्यवसायीलाइ एकै ठाउँमा ल्याउन मार्टको अवधारणा ल्याएको बताए ।

सन् २०१८ बाट हरेक बर्ष आयोजना हुने गरी शुरु भएको मार्ट कोरोनाका कारण अघिल्लो २ बर्ष आयोजना हुन सकेको थिएन । पहिलो र दोस्रो मार्टको सफल आयोजना गरीसकेको पर्यटन क्षेत्रले तेस्रो संस्करण शुरु गरेको र त्यसलाई भव्य रुपले सफल पार्न पर्यटनकर्मिहरु लागि परेको आयोजक समितिका सदस्य तथा इटहरीका होटल व्यवसायी जिवन पराजुलीले बताए ।

आयोजक समितिको संयोजक श्रेष्ठका अनुसार पहिलो मार्टमा ११० र दोस्रो मार्टमा १३५ जना विदेशी पर्यटक र पत्रकारहरुको उपश्थिती गराइएको थियो । यसपाला आयोजना हुने तेस्रो मार्टमा छिमेकी मुलुक भारतबाट ७० को हाराहारीमा पत्रकारहरु बोलाइने र उनिहरुमार्फत प्रदेश एकका विभिन्न पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्ने योजना छ ।

धरानको पव्लिक हाई स्कुलमा आयोजना हुने मार्टमा प्रदेश एकका १४ वटै जिल्लाको छुट्टा छुट्टै स्टल राखिने साथै होटल व्यावसायी, ट्राभल्स एण्ड टुरिजम कम्पनी, होटल म्यानेजमेन्ट अध्ययापन गराउने विद्यालय र होमस्टे सञ्चालकहरु साथै अन्य पर्यटनसँग सम्बन्धित संस्थाहरुको स्टल राखिने आयोजकको भनाई छ ।

प्रदेश एक बाहेक अन्य जिल्लाहरुले पनि स्टल राख्न चाहेमा त्यो व्यवस्था समेत गरिदिने संयोजक भविश श्रेष्ठ बताउँछन् । आयोजकले स्थानीय सरकारको पहलमा बोर्डरहरु विराटनगर, इलामको पशुपतिनगर र काँकडभिट्टामा साथै दुहवीमा स्वागतद्धार बनाउन बनाउने समेत योजना रहेको सुनाएका छन् ।

अन्तरक्रियामा प्रदेश पर्यटन बोर्डका उपाध्यक्ष फडिन्द्र अधिकारी, होटल संघ इटहरीका जयप्रसाद उपाध्याय पौडेल, कुण्डलिनि होटलका करन विष्ट, प्रिमियर होटल स्कुलका सुनिल कुमार भुषाल,स्किल क्याम्पसका नविन कार्की, रोयल रिसोर्ट प्रालिका असोन कार्की, लगायतका पर्यटन व्यवसायीहरुको उपस्थिती रहेको थियो ।