इटहरीः व्यस्त शहर इटहरीको भिडभाड चिर्दै गाडीको प्याँप्याँ पुँपुँ छिचोल्दै पुर्व पश्चिम राजमार्गको दक्षिण पट्टि नेशनल गल्लि भेटिन्छ । हो त्यही गल्लि पछ्याँदै जाँदा दाहिने पट्टि जुरुक्क उठेको छ चिया चौतारी ।

नाम चिया चौतारी किन राखियो थाहा छैन तर केही समयको चौतारी बसाईले आफैँ प्रमाणित गरिदिन्छ । चियै चियाका प्याकेट, अनि भरी भरी बिभिन्न प्रकारका चियाहरु राखिएका बट्टाहरु, अग्ला अग्ला कुर्सी, अग्ला अग्ला टेवल, लामो अनि फराकिलो शान्त वातावरण चौतारीमा पुग्ने जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ चिया चौतारीले ।

चिया चौतारी इटहरीमा जन्मेको झण्डै एक बर्ष पुग्नै लाग्यो तर हालैबाटै त्यो चौतारीमा नयाँ मालीहरु आएका छन् । मालिहरु यसमानेमा भनिएको हो कि उनिहरु त्यो चौतारीमा गोडमेल गर्न बसेका छन्, चौतारीमा रहेका हरेक विरुवाको स्याहार गर्न बसेका छन् अनि चौतारीको रेखदेख गर्न बसेका छन् । थाहा छैन पहिला कस्तो थियो तर अहिलेका मालिहरु हेर्दा लाग्छ चौतारीमा थकाई मार्नेहरुलाई भरपुर सेवा दिन उनिहरु तल्लिन जस्तै छन् ।

गत बर्षको चैत २९ गते देखि चलेको चिया चौतारी पुनः अर्को उद्घाटनको मिति कुरेर बसेको छ, नयाँ व्यवस्थापनबाट । चिया पारखीहरुलाई बिभिन्न स्वादका चियाहरुको रस्वादन गर्न खुलेको चिया चौतारी शान्त वातावरणमा थकाई मार्दै मनको वह मेटाउन चाहानेहरुका लागि गन्तव्यको रुपमा विकसित हुँदै गएको भान हुन्छ ।

275513551_4570346396403457_6162770225716735756_n

चिया त्यसपछिमात्रै मिठो स्वादमा बदलिन्छ जव त्यसको मिठो खुराक बन्छ । चिया चौतारीले यहि शुत्रलाई आफ्नो लागु गरेको देखिन्छ । ग्राहकलाई स्वादयुत्त चिया पिलाउने सन्दर्भमा चियाको गन्तव्य मानिदै आएको नेपालकै इलाम लगायतका ठाउँबाट अर्गानिक चियालाई चौतारीमा समेटिएको यहाँका सञ्चालकहरु बताउँछन् ।

इटहरीमै पनि शान्त वातावरणमा आनन्दको महशुस गर्दै चियाको चुस्कि र खाजा नास्ता पनि पाइन्छ भन्ने गतिलो उदाहरण हो,चिया चौतारी । नयाँ व्यवस्थापनसँग आएपछि चौतारीको संचालन गरिरहेका राजेश भण्डारी, कमल राई, दिपक खड्का र दिपक कटुवाल चौतारीलाई नयाँ पन दिन आँट कसेर लागेका छन् ।

इटहरी बासी र इटहरीलाई शान्त वातावरणमा बिभिन्न थरी चियाको साथमा खाजा र खानाको व्यवस्था रहेको सञ्चालक मध्येका राजेश भण्डारीले प्रदेश पोर्टललाई बताए । होटल तथा रेष्टुरेन्ट व्यवसायमा खारिएका दिपकद्धय दिपक खड्का र कटुवाल चिया चौतारीका पनि मुटु जस्तै रहेछन्, जो आफ्नो प्राविधिक र व्यवस्थापनिक अनुभव चौतारीमा खन्याउँदैछन् भने राजेश भण्डारी समाजसेवा निकै अगाडी रहेका पात्र हुन जो चौतारीको रमणीय सुन्दरतालाई समाजमा छर्न उत्तिकै व्यस्त छन् ।

चिया पिउँदै गर्न सकिने सामान्य भेला देखि लिएर जन्मउत्सोव र भव्य पार्टीहरुको आयोजना गर्न समेत उत्कृष्ट चिया चौतारी हेर्ने र पुग्नेले गर्ने वयान निकै सुनौ सुनौको हुन्छ । चौतारीले अहिले सम्मकै अनुभवमा पनि धेरै सख्यामा छलफल, साना तिना मिटिङ्ग, पत्रकार सम्मेलन देखि लिएर भव्य जस्तै लाग्ने कन्याको गुन्यु चोलोको कार्यक्रम समेत आयोजना गरिसकेको छ ।

275290882_672831047095158_8062584697685809735_n

ठुलो संख्यामा आउँदा पहिल्यै अर्डर गर्नुपर्ने भएपनि सामान्य जमघटमा अग्रिम अर्डर गर्नुपर्ने आवश्यकता नरहेको चिया चौतारीको व्यवस्थापन हेरिरहेकी मालती राई बताउँछिन् । मालतीका अनुसार सुन्दरताले भरिपुर्ण चौतारीमा थाई खानाका परिकारका साथमा चिकेन, मटन, सुकुटी,खाजा सेट, चिकेन तास, सेकुवा लगायतका परिकारहरु चौतारीमा पाइने परिकारहरु हुन् ।

निकट भविश्यमै स्वस्थ्यकर चाहानेहरुका लागि घुङ्गी पनि समेट्न लागेको मालतीले सुनाइन् । चिया चौतारीमा आउनु अघि इटहरीमै निकै नाम चलेका होटल रेष्टुरेन्टमा आफ्नो व्यवसायीक अनुभव संगाली सकेकी राई ग्राहकको आवश्यकता अनुसार चौतारीलाई परिस्कृत बनाउँदै लाने बताउँछिन् ।

चियाका साथमा परिवार तथा साथीहरुबीच रमाईलो गफगाफ वा छलफलका लागि चिया चौतारी राम्रो गन्तव्य हुनसक्छ । चियालाई नै मुख्य परिकारका रुपमा पस्केको चौतारीले विदेश निर्यातका लागि तयार गरिएका उच्च गुणस्तरीय अर्थोडक्स चिया समेत स्थानीय उपभोक्तालाई चखाइरहेको छ । चिया चौतारीम ५ प्रकारका ह्वाईट टि, ३ प्रकारका गोल्डेन टि, २३ प्रकारका बिभिन्न फेवरमा पाइने टि, ७ प्रकारका ग्रिन टि, ८ प्रकारका अर्थोडक्स टि, ३ प्रकारका व्लाक टि र ६ प्रकारका स्पेशल मिल्क टि पाइन्छन् ।

ग्रीन–टि, ग्रीन–टि कर्ली, सिल्भर निडल्स टि जस्ता नेपाली बजारका लागि अझ भनौ इटहरी बजारको लागि नविनतम् नाम गरेका चियाहरु चौतारीले इटहरीका ग्राहकलाई चखाउने गरेको छ । उपभोक्ताहरुले सर्वसुलभ मूल्यमा चियाको आनन्द उठाउन पाउने चौतारीका व्यवस्थापनको दावी छ । ब्ल्याक टि, ग्रीन–टि का साथै मिल्क–टि का विभिन्न आइटमहरु चिया चौतारीको मेन्युमा समावेश गरिएका छन् ।

चिया चौतारीमा स्रेप्रेट मिटिङ्ग तथा छलफलका लागि छुट्टै क्याविनको समेत व्यवस्था गरिएको छ । ती क्याविनहरु सामुहिक छलफलमा लागि उपयुक्त हुने संचालक राजेश भण्डारीले हामीलाई बताए ।

275649624_389956312962584_7265081925294436676_n

मुख्य आकर्षणका रुपमा चियालाई देखाएको चौतारीले विभिन्न २२ स्वादका कफी आइटम उपलब्ध रहेका छन् । यहाँ उपलब्ध कफी उच्च गुणस्तरीय र अर्गानिक प्रकृतिका रहेको सञ्चालकहरको दावी छ । क्यापाचिनो, ब्लाक कफी , एक्प्रेस्को,मोका, हट चकलेट जस्ता कफिका परिकार चिया चौतारीमा पाइन्छन् । कफिहर प्रति कप ५० रुपैँया देखि एक सय ७५ रुपैयाँ सम्मको मुल्यका रहेको चौतारीको मेन्युले देखाउँछ ।

पछिल्लो समयमा चौतारीले आधुनिक शैलीका पिज्जा, बर्गर, स्याण्डविच, सिजलरजस्ता खाद्यान्नका साथमा परम्परागत शैलीका गुन्द्रुक, ढिँडो, फापरको रोटीजस्ता मौलिक नेपाली परिकारसमेत उपलब्ध गराएको छ । “ग्राहकको आवश्यकता र चाहाना अनुसार ब्रियानी, पिज्जा, बर्गर लगायतका खानाहरु तुरुन्त तयार गरेर दिन्छौँ ।” व्यवस्थापक मालती राइले भनिन् ।

एक बर्ष अगाडी खुल्ने क्रममा चिया चौतारीका नाममा खुलेको भएपछि समय र ग्राहकको मागसँगै चौतारी अव चियामात्रै सिमित रहेन् । गर्मी मौसमको सुरुवातसँगै चौतारीमा बसेर चियो पेय पदार्थको मज्जा लिन चाहानेहरुका लागि पनि चौतारी उपयुत्त गन्तव्य बन्न थालेको छ । स्वच्छ र शान्त वातावरण तालिम प्राप्त ग्राहकको सेवामा खटिने कर्मचारी चौतारीको अर्को विशेषता हो ।

झण्डै ५० लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको चिया चौतारीले एक दर्जनको हाराहारी जनसंख्यालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । निकट भविश्यमै जन्मोत्सव लगायतका उत्सवहरु चौतारीमा मनाउन चाहाने ग्राहकहरुलाई केक तथा बेकरी आइटम समेत चौतारीमै उपलव्ध गराउने योजना रहेको सञ्चालकहरु बताउँछन् ।