धरानः मुक्तिनाथ विकास बैंकको धरान शाखाले पञ्चकन्यापथ स्थित ऋषिकुल विद्यापीठ गुरुकुललार्ई २ थान कम्पुटर सहयोग गरेको छ ।

आइतबार धरान वार्ड नम्बर १४ स्थित ऋषिकुल विद्यापीठ गुरुकुलमा आयोजित एक कार्यक्रमका बीच २ थान कम्पुटर हस्तानतरण गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संधसंस्थाहरुलाई सहयोग गर्दै आएको बताउँदै सोही योजना अनुसार ऋषिकुल विद्यापीठ गुरुकुललार्ई २ थान कम्पुटर सहयोग गरेको हो ।

muktinatha bank 1

उक्त कार्यक्रममा बैंकका तर्फबाट इटहरी क्षेत्रीय प्रमख मनोज बिस्ट, धरान शाखाका प्रबन्धक दिपेन खवास भुजेल र अन्य कर्मचारीहरुको उपस्थिति तथा ऋषिकुल विद्यापीठ गुरुकुलको तर्फबाट अध्यक्ष गौरी शंकर अग्रवाल र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।यस सहयोगबाट गुरुकुलमा पढ्न आउने विद्यार्थीहरुको शिक्षा तथा व्यवस्थापनका कार्यहरुमा मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोग र कार्यक्रमबाट सेवा क्षेत्रका नागरिक र बालबालिकाहरुको हितमा काम हुने विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३० आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जानकारी दिएको छ ।

muktinatha bank 2