रामधुनीः नेकपा (माओवादी केन्द्र) परित्याग गरि थारु चलचित्रकर्मी पर्शुराम चौधरी नेकपा (एमाले) प्रवेश गरेका छन् । पार्टी प्रवेशसँगै उनलाई एमालेले १ नम्बर प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिएको छ ।

करिब ४ महिना अगाडि नै उनी एमाले प्रवेश गरेको भए पनि बाहिर सार्वजनिक भएको थिएन ।प्रदेश पोर्टलसँगको कुराकानीमा चौधरीले आफुले माओवादी परित्याग गरि एमाले प्रवेश गरेको स्वीकार गरेका छन् ।

‘म एमाले प्रवेश गरेको सत्य हो । पहिला पनि एमालेमै थिए, अहिले फेरि त्यहि फर्किएँ ।’ माओवादी छाडेर एमाले प्रवेश गर्नुको कारणबारे प्रश्न गर्दा उनले भने, ‘अब धेरै के भन्नू, माओवादी मन परेन छाडेँ ।’