इटहरीः हुन त बजारमा धेरै थरीका सिमेन्ट पाइन्छन् । तर, पछिल्लो समय सर्वाधिक चर्चामा रहेको सिमेन्ट हो, बन्धन सिमेन्ट । घर, पुल एवम् ठुला परियोजना आदि निर्माण गर्दा उच्च गुणस्तरको सिमेन्ट पहिलो रोजाइमा पर्छ । बन्धन सिमेन्ट उच्च गुणस्तरीय एवम् वातावरण मैत्री भएकै कारण प्रयोग कर्ताहरूको पहिलो रोजाइमा पर्दै आएको यसको उत्पादक कम्पनी नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले दाबी गर्दै आएको छ । कम्पनीले गुणस्तर सुनिश्चितताका लागि हर सम्भव उपाय अपनाएको पाइन्छ । उत्पादक कम्पनीसँग बन्धन सिमेन्ट उत्कृष्ट एवम् गुणस्तरीय सिमेन्ट हो भन्ने मुख्य आधारहरू निम्न रहेका छन् ।

गुणस्तर चिन्ह
नेपाल सरकारले गुणस्तर परीक्षण गरी गुणस्तरीय भएको प्रमाण दिनुलाई गुणस्तर चिन्ह प्राप्त भनिन्छ । गुणस्तर चिन्ह जुनै उत्पादनले प्राप्त गर्न सक्दैन । यो गुणस्तरको मापदण्ड भित्र रहेर गुणस्तरीय वस्तु उत्पादन गरिएको उत्पादकलाई मात्र गुणस्तर चिन्ह प्रमाण पत्र दिइएको हुन्छ । बन्धन सिमेन्ट नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त सिमेन्ट हो यस कारण सरकारी तवरबाट पनि बन्धन सिमेन्ट गुणस्तरीय प्रमाणित भएको छ ।

आफ्नै उच्च स्तरीय प्रयोगशाला
बन्धन सिमेन्ट उत्पादक कम्पनी नेपाल अल्ट्राटेक सिमेन्ट प्रा लि सँग आफूले उत्पादन गरेको सिमेन्टको गुणस्तर मापन गर्न आफ्नै उच्च प्रविधिको प्रयोगशाला रहेको छ । जहाँ प्रत्येक दिन प्रत्येक घण्टा अनुभवी प्राविधिकहरुबाट उत्पादन भएको सिमेन्टको गुणस्तरलाई मापन गरिन्छ । गुणस्तरीय सिमेन्ट मात्र वितरणको लागी तयार पारिन्छ ।

उच्च प्रविधिको प्रयोग
बन्धन सिमेन्ट उत्पादक कम्पनीले सिमेन्ट उत्पादनको लागि उच्च स्तरीय जर्मन प्रविधिलाई प्रयोगमा ल्याएको छ । सिमेन्ट उत्पादनको क्रममा स्वचालित प्रविधिको प्रयोग हुने भएको कारण मानवीय जनशक्तिको प्रयोग कम हुने र प्रविधिकै प्रयोगबाट सिमेन्ट तयार हुने भएकाले चुहावट नहुने र सबै उत्पादन एकुरेट हुने भएकाले यसको गुणस्तरमा ह्रास आउने खतरा विल्कुलै हुँदैन ।

गुणस्तरीय कच्चा पदार्थको प्रयोग
बन्धन सिमेन्ट उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ प्रतिष्ठित कम्पनीहरूबाट प्रशोधित गुणस्तरको ग्यारेन्टी भएको कच्चा पदार्थ मात्र नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले आयात गरी सिमेन्ट उत्पादन गरिरहेको छ ।

ठुला परियोजनामा बन्धन सिमेन्टको प्रयोग
नेपालमा निर्माण हुने ठुला परियोजनाहरूमा प्रयोग गरिने सिमेन्टहरूको गुणस्तर मापन गरिन्छ । गुणस्तरीय प्रमाणित भए पछि मात्र त्यस सिमेन्टलाई परियोजनामा प्रयोग गर्ने अनुमति हुन्छ । बन्धन सिमेन्टको गुणस्तर मापन पछि थुप्रै दक्ष अनुभवी इन्जिनियरहरूको पहिलो रोजाइ बन्धन सिमेन्ट बन्न सफल भएको छ । जसको कारण बन्धन सिमेन्ट लिखु जलविद्युत आयोजना, अरुण तेस्रो जस्ता ठुला परियोजनाहरूमा प्रयोग भइरहेको छ ।
यस कारण बन्धन सिमेन्ट उत्कृष्ट एवम् गुणस्तरीय सिमेन्ट हो भनेर पुष्टि गर्दै निर्धक्क प्रयोग गर्न सकिन्छ ।