इटहरीः मोरङको विराटनगर महानगरपालिका १५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका ९ सिन्धुपाल्वोकका ३८ बर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका १५ काठमाण्डौका २३ बर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका ५ रामेछापका ३४ बर्षीय कृष्ण बहादुर मगर रहेका छन् ।

आइतबार राती साढे १० बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोवायल गस्ती टोलीले संकालागि चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ब्राउन सुगर १।६ ग्राम, नगद रुपैया १ लाख ५ हजार बरामद गरेको हो । पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।