इटहरीः इटहरी उपमहानगरले १२ देखि १७ बर्ष उमेर समुहका किशोर किशोरीलाई लगाएको कोरोना विरुद्धको दोस्रो डोज मोडर्ना खोप चैत १ गतेदेखि ७ गतेसम्म सञ्चालन गर्ने भएको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताको हस्ताक्षर सहित सार्वजनिक गरिएको सुचनामा विद्यार्थीहरुलाई लगाइएको मोडर्ना खोपको दोस्रो मात्रा दिन लागिएको बताइएको छ ।

उपमहानगरले खनार स्वास्थ्य चौकी अन्तर्गत चैत १ गते मनमोहन आधारभुत स्कुल इटहरीमा मनमोहन आवासिय मावि, ज्ञानोदय आवासिय विद्यालय र प्रेरणा आवासिय विद्यालयका विद्यार्थीको लागि खोप सन्चालन गर्ने भएको छ भने चैत्र १ गते नै हिमाली एकेडेमी फाउण्डेसनमा हिमाली एकेडेमी, न्यू एरा चिल्ड्रेन एकेडेमी र आइडियल इङ्गलिस स्कुलका विद्यार्थीलाई लक्षित गरिएको छ ।

चैत २ गते सारदा मावि इटहरी १२ मा सारदा माविका विद्यार्थीलाई खोप सन्चालन गरिने र ३ गते खनार सनसाइन इङ्गिस स्कुलमा सोही विद्यालय र सौर्य चिल्ड्रेन विद्यालय साथै सोही दिन भानु आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सोही विद्यालयमा खोप लगाउने कार्यक्रम उपमहानगरले सार्वजनिक गरेको छ ।

त्यसैगरी चैत ६ गते खनार स्वास्थ्य चौकीमै मुनाल इङ्गिलिस वोर्डिङ्ग स्कुल, निलकण्ठ, एकेडेमी र मोडर्ना दोस्रो डोज खोप लगाउन छुटेका १२ देखि १७ बर्ष उमेर समुहकाहरुलाई लगाइने तालिका छ ।

itahari napa 1

यता इटहरी अस्पताल अन्तर्गत चैत १ गते महेन्द्र मावि, पशुपति इङ्गिलस बोर्डिङ्ग स्कुलमा सोही विद्यालय सहित लिटिल फ्लावर इङ्गिलस बोर्डिङ्ग स्कुल, होराइजन एकेडेमी शान्तिनगर इङ्गिलस स्कुल साथै इटहरी ३ को सरस्वती माविमा सरस्वती मावि, शिखर एकेडेमी, तालतलैया एकेडेमी र सनराईज इङ्गिलस बोर्डिङ्ग स्कुलका विद्यार्थीलाई लक्षित गरी खोप लगाउने कार्यक्रम छ ।

त्यसैगरी विश्व आदर्श सेकेण्डरी स्कुलमा विश्वआदर्श, चामुण्डा भगवती आवासिय मावि र चन्द्र मेमोरियल स्कुलका विद्यार्थीलाई लक्षित गरिएको छ भने कचना महादेव सेकेण्डरी स्कुल इटहरी ४, लक्ष्मी सेकेण्डरी स्कुल इटहरी ७ र सरस्वती सतन मावि इटहरी ८ मा चैत्र १ गते खोप कार्यक्रम चलाउने बताइएको छ ।

चैत्र २ गते सुष्मा सेकेण्डरी स्कुल इटहरी ८, कविर मावि इटहरी ६, पिसजोन आवासिय मावि इटहरी ६ र सुनसरी सेन्टजेभियर्स सेकेण्डरी बोर्डिङ्ग स्कुल इटहरी ६ मा केन्द्र रहनेगरी विभिन्न विद्यालयका किशोर किशोरीलाई खोप लगाउने सुचि सार्वजनिक गरिएको छ ।

उता इटहरी अस्पताल अन्तर्गत नै चैत्र २ गते युनिभर्सल सेकेण्डरी स्कुल इटहरी ४, इटहरी मोडल सेकेण्डरी स्कुल इटहरी ४, जनता सेकेण्डरी स्कुल इटहरी ९, कस्तुरी सेकेण्डरी स्कुल इटहरी ९, र ग्रिन पिस एकेडेमिमा केन्द्र रहने गरी बिभिन्न स्कुलका विद्यार्थीलाई लक्षित गरिएको छ ।

itahari napa 2

उता चैत्र ६ गते जनता सेकेण्डरी स्कुल , डिभिएम स्कुल र गोदावरी स्कुलमा केन्द्र रहनेगरी विभिन्न स्कुलका विद्यार्थीलाई खोप लगाउने बताइएको छ भने चैत्र ७ गते पाथिभरा मावि र जनता सेकेण्डरी स्कुलमा केन्द्र रहने गरी पाथिभरा र जनताका विद्यार्थीलाई मोडोर्नाको दोस्रो मात्रा खोप दिने कार्यक्रम छ ।

यसैगरी एकम्बा स्वास्थ्य चौकी अन्तर्गत सरस्वती जब्दी मावि इटहरी १६, एसओएस हर्मन माइनर स्कुलमा केन्द्र रहनेगरी चैत्र १ गते साथै पार्वती मावि इटहरी १४ र शान्तिसृजना मावि इटहरी १४ मा केन्द्र रहनेगरी चैत्र २ गते वाल आदर्श बोर्डिङ्ग स्कुल र सम्भुनाथ मावि इटहरी १५ मा केन्द्र रहने गरी विभिन्न विद्यालयका विद्यार्थीलाई खोप लगाइने छ । उता चैत्र ६ गते कोशी सेन्टजेम्स आवासिय मावि इटहरी ९ र सुस्मा कलेज इटहरीमा केन्द्र रहने गरी सोही विद्यालयका विद्यार्थीहरुलाई खोप लगाइने तालिका छ । ७ गते भने एकम्वा स्वास्थ्य चौकीमा छिटपुटलाई मोडर्नाको दोस्रो मात्रा लगाइने बताइएको छ ।

उता पकली स्वास्थ्य चौकी अन्तर्गत चैत्र १ गते बालविकास बोर्डिङ्ग स्कुल इटहरी १७, स्टेण्डर्स बोर्डिङ्ग स्कुल इटहरी १७, जनता बहुमुखी क्याम्पस इटहरी ५ केन्द्र रहनेगरी सोही विद्यालयका विद्यार्थीहरुलाई खोप लगाइने छ भने एक गते नै शहिद स्मृती आधारभुत विद्यालय इटहरी १८ मा केन्द्र रहनेगरी शहिद, पन्चायत, गोल्डेन फ्युचर स्कुल र जानकी मन्टेश्वरी स्कुलका विद्यार्थीलाई लक्षित गरिएको छ । उता चैत २ गते पकली मावि इटहरी १७, जनजागृती सेकेण्डरी स्कुल र ज्योति माविमा केन्द्र रहनेगरी सोही विद्यालयका विद्यार्थीलाई लक्षित खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।

उपमहानगरले पकली स्वास्थ्य चौकी अन्तर्गत चैत्र ३ गते लिटल फ्लावर स्कुल, ब्लुमिङ्ग लोटसस्कुल र मकालु ईग्लिस बोर्डिङ्ग स्कुलमा केन्द्र रहने गरी विभिन्न विद्यालयका विद्यार्थीलाई लक्षित खोप कार्यक्रम सन्चालन गरेको छ । यसै गरी चैत्र ६ गते विश्व आदर्श कलेजमा केन्द्र रहनेगरी विश्वआदर्श कलेजका विद्यार्थीलाई खोप हान्ने कार्यतालिका छ भने चैत्र ७ गते पकली स्वास्थ्य चौकीमा छिट्पुटलाई खोप लगाइने छ ।

itahari napa 3

यसैगरी हाँसपोसा स्वास्थ्य चौकी केन्द्र अन्तर्गत राष्ट्रिय मावि केन्द्र इटहरी १ र पुर्वान्चल सेकेण्डरी स्कुल केन्द मा चैत १ गते विभिन्न विद्यालयका विद्यार्थीलाई खोप लगाइने छ भने चैत २ गते जनसहयोग उच्च मावि इटहरी र ज्ञानदर्पण एकेडेमी केन्द्र अन्तर्गत सोही विद्यालयका विद्यार्थीहरुलाई खोप लगाउने र चैत्र ३ गते जनसहयोग र हिमशिखर स्कुल इटहरी २० मा केन्द्र रहनेगरी बिभिन्न विद्यालयका विद्यार्थीहरुलाई खोप लगाउने कार्यतालिका रहेको छ ।

उपमहानगरले चैत्र ६ गते पञ्चायन रजत जयन्ती मावि इटहरी १९ केन्द्र बनाएर सो एरियाका विभिन्न विद्यालय र चैत ७ गते हाँसपोसा स्वास्थ्य चौकी अन्तर्गतका छिट्पुटलाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने बताइएको छ । खोप लगाउन आउँदा पहिलो डोज लगाएको खोप कार्ड लिएर आउन र स्वास्थ्य मापदण्डको पालना गर्न उमहानगरले अनुरोध गरेको छ ।