इटहरीः यस अघि आसरा सुधार केन्द्र रानीवारी, महाराजगंज, काठमाडौंको स्वामित्वमा रहेको आसरा सुधार केन्द्र धरान पानवारी अब १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सम्पुर्ण जिम्वेवारी रहने गरी स्वामित्व हस्तारण गर्दै आसरा सुधार केन्द्र, पानवारी धरानको चौथो बार्षीकोत्सव भब्यताका साथ सम्पन्न भएको छ ।

केन्द्रको प्राङगणमा मंगलबार भएको एक बिशेष समारोहका विच कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना थापाले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा समुद्घाटन गरिन् ।

275603893_330684039092101_5563136076546802209_n

आसरा सुधार केन्द्र धरानको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघकी अध्यक्ष सिर्जना थापाले दुव्र्यसनीमा फसेका युवा पिढीँलाई उपचार, परामर्श तथा पुनस्र्थापना मार्फत पुर्नजीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनस्र्थापना गर्ने कार्य गर्दै आएको आसरा सुधार केन्द्रले आगामी दिनमा थप ब्यवस्थित तरिकाले प्रभावकारी रुपमा अगाडी बढ्नु पर्ने बताइन् । सोही कार्यक्रममा प्रमुख अतिथी सिर्जना थापाले केन्द्रका कर्मचारी तथा बिभिन्न खेलकुद बिधामा प्रथम भएका उपचाररत सदस्यहरुलाई प्रशंसा पत्रले सम्मान गरेकी थिइन् ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख अरुण कुमार बिसी, पुर्व प्रहरी नायव महानिरीक्षक ज्ञान बिक्रम साह, आसरा सुधार केन्द्र धरानका संचालन समितिका सदस्यले शुभकामना तथा मन्तब्य राखेका थिए ।

275615538_330683929092112_8163306590227061214_n

आसरा सुधार केन्द्रका अध्यक्ष प्रहरी बरिष्ठ उपरिक्षक बिकाशराज खनालको सभापतित्वमा सम्पन्न चौथो बार्षिकोत्सवको अवसरमा प्रउपचाररत सदस्यहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु, संचालक समितीका पदाधिकारीहरु, केन्द्रका आजिवन सदस्यहरु, स्थानीय जनप्रतिनीधीहरु, सुरक्षा निकायका पदाधिकारीहरु र उपचाररतहरुको सहभागिता रहेको थियो ।