रामधुनीः नेकपा माओवादी केन्द्रकी नेतृ उमिता बराइलीले चुनावको मुखमा आएर गायक प्रकाश सपुतले माओवादी आन्दोलन र योद्धाहरुप्रति प्रहार गरेको भन्दै आपत्ति जनाएकी छिन् । सपुतको ‘पीर’ गीतबारे पक्ष र विपक्षमा बहस भइरहेका बेला प्रदेश सांसद समेत रहेकी माओवादी नेतृ विश्वकर्माको यस्तो धारणा आएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘चुनावको मुखमा आएर प्रकाश सपुतले माओवादी आन्दोलन र योद्धाहरुप्रति जुन प्रहार गरे, यो अत्यन्तै निन्दनीय छ ।’
जनयुद्धमा आफुहरुले जीवनको बाजी लगाएर संघर्ष गरेकै कारण नया संबिधान, गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता, धर्मनिरपेक्षता लगायतको राजनितिक उपलब्धी प्राप्त भएको उनको भनाई छ ।

पीर गीतले तीनै राजनीतिक उपलब्धीको धज्जी उडाएको महसुस भएकोसमेत विश्वकर्मा बताउँछिन् ।उनले आफु पनि पूर्व लडाकू भएको भन्दै सपुतमाथि प्रश्न गरेकी छिन्, ‘के सबै गरिब महिलाहरु देहव्यापार गर्छन् ? के सबै माओवादी महिलाहरु देहव्यापार गर्छन् र ? कहा देख्नु भयो हामीले देहव्यापार गरेको ?’
जनयुद्धमा लागेका महिलाहरुलाई मृत्यु स्वीकार्य भएको तर देहव्यापार स्वीकार्य नभएको उनको भनाई छ ।