इटहरीः धरान उपमहानगरपालिकाले गत माघमा धरानका विभिन्न स्कुलहरुमा चलाएको कोरोना विरुद्धको मोडोर्ना खोपको दोस्रो डोज आजबाट सुरु गरेको छ । उपमहानगरले १२ देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई मोर्डना खोपको दोस्रो मात्रा दिने कार्यतालिका सार्वजनिक गरेको हो ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जारी गरेको सुचना अनुसार आज चैत २ गतेदेखि ८ गतेसम्म मोर्डना खोपको दोस्रो मात्रा लगाइने भएको हो । खोप कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म तोकिएका खोप केन्द्रमा लगाइने कार्यक्रम रहेको बताईएको छ । धरानका २० वटै वडाका ४५ वटा स्कुलहरुमा खोप केन्द्र तोकिएको छ । चैत २, चैत ३, चैत ६ र चैत ७ गते खोप लगाइनेछ ।