इटहरीः मोरङ्ग जिल्लाको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ७ की डेढ बर्षीया बालिकाको बलात्कार पछि हत्या गरिएको विरोधमा बोल्ने एक जना पत्रकार सहित निर्दोषलाई थुनामा राखेको भन्दै तिव्र असन्तुष्टि पैदा भएको छ ।

बलात्कार पछि हत्या भएकी बालिकाको अधिकारका लागि आन्दोलन गर्नेहरुको भिडियो खिचेको भन्दै पुवी कमाण्ड अनलाईनमा कार्यरत पत्रकार सम्झना राईलाई प्रहरीले पक्राउ गरेको थियो । स्वतन्त्र मिडिया तथा राज्यको चौथो अंगलाई रिपोर्टिङ्गका क्रममा पक्राउ गरेको भन्दै प्रेस सेन्टर नेपाल पुर्वी मोरङ्ग शाखा कार्यालय उर्लाबारीले प्रेस विज्ञप्ती जारी गरेको छ ।

पत्रकार राईको सिघ्र रिहाइ गर्न माग गर्दै सेन्टरका अध्यक्ष सरोज बस्नेतले बुधबार विज्ञप्ती जारी गरेका थिए । पत्रकार राई प्रेस सेन्टरको सदस्य हुन् । उता जनजाती पत्रकारहरुको संस्था आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले समेत विज्ञप्ती जारी गर्दै भिडियो खिचेकै आधारमा पत्रकारलाई पक्राउ गरिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता विपरित भएको भन्दै पत्रकारको सिघ्र रिहाईको काम गरिएको छ ।

उता सरोकारबाला संस्थाहरुले विना कारण प्रहरी प्रशासनले पत्रकार लगायत म्युजिक सिकाउने शिक्षक र बच्चाको आमाहरुलाई नियन्त्रणमा लिएको भन्दै भोली त्यसले अर्को प्रतिसोध निम्त्याउने तर्फ सचेत रहन प्रहरीलाई आग्रह गरेका छन् ।१८ महिने बालखको बलत्कार पछि हत्या र त्यस्ले उत्पन्न आक्रोशले भड्एिको जनताको आवाजलाइ गिरफ्तार कुट्पिट र मुद्दा चलाउनु अत्यन्त खेद जनक भएको सरोकारवालाहरुले टिप्पणी गरेका छन् ।

हत्यामा संलग्नलाई हदैसम्मको कानूनी कार्वाही र मृतक बालिकाको परिवारलाई उचित क्षतिपुर्तीका लागि आवज उठाउने महिलाहरुलाई पक्राउ गरि निर्मम तरिकाले कुटपिट गर्नुले प्रहरीको भूमिका प्रति शंका गर्ने ठाँउ बनेको महिला आधारशिला सुनसरीकी अध्यक्ष शुसिला उप्रेतीले बताइन् ।

उनले आफ्ना आवज बुल्द गर्न सडकमा आउनै नहुने भन्ने हुदैन होला । पक्राउ परेका सबैलाई तत्काल विना शर्त रिहा नगरे त्यसको परिणाम सहि नहुने चेतावनी दिएकी छन् । प्रहरी धरपकड महिलामाथि कुटपिटका बिषयमा अधिकारको क्षेत्रमा कार्यरत ओरेक नेपाल, इन्सेक र राष्ट्रिय महिला आयोगलाई समेत जानकारी दिइसकिएको उनले जानकारी दिइन् ।

Photo-20220315-Morang-3

उनका अनुसार सडकमा आन्दोलन गरिरहेका महिलाहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीमा पिडक र पीडित परिवार बीच भएको छलफल तथा सहमतिका बिषयमा जानकारी दिन बैंठकमा सहभागी भएकी स्थानीय कमला दाहाल सहित १० जनालाई प्रहरीले कुरै नबुझी जथाभावी कुटपिट गर्दै पक्राउ गरेको थियो ।गछिया प्रहरी चौंकी , इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख र सो वडाका अध्यक्षको भूमिका सहि नभएका कारण अनाहकमा महिलाहरुले हिरासतमा बस्नु परेको उप्रेतीको भनाई छ ।

बुधबार महिलाहरु पक्राउ परेको बिषयमा अधिकारकर्मी सावित्री सुवेदी सहित टोलीमाथि पनि प्रहरी जथाभावी लाठ्ठी प्रहार गरी करिब १ दर्जन महिला घाइते भएका थिए ।
फागुन २७ गते सुन्दरहरैँचाकी १८ महिनाकी बालिकाको अपहरण गरी सामूहिक बलात्कार पश्चात हत्या भएको थियो ।मंगलबार इन्सेकसहित राष्ट्रिय मानव अधिकार आयोग, सिविन, माइती नेपाल र आफन्त नेपाल लगायतका सामाजिक संस्थाले घटनाका विषयमा प्रहरीले गरिरहेको अनुसन्धान प्रक्रिया र पीडित पक्षले गरिरहेको आन्दोलनका विषयमा जानकारी लिएको छ ।

पीडित परिवारले दोषीलाई कारबाही गर्न पहल गरीदिन अधिकारकर्मीसँग आग्रह गरेको छ । पीडित परिवारसँगको भेटमा अधिकारकर्मीले घटनाका विषयमा मिलापत्रका लागि कोही कसैले दबाब दिएको वा प्रभाव पारेको नपारेको विषयमा जानकारी लिएको छ ।बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र सोही ठाउँका २८ वर्षीय मिथुन चौधरीलाई फागुन २८ गते गिरफ्तार गरी फागुन २९ गते सार्वजनिक गरिसकेको छ ।

स्थानिय जनप्रतिनिधि सहित राजनितिक दलले चैत्र १ गते घटनामा संलग्नहरु पक्राउ परिसकेकोले अव आन्दोलन गर्नुको औचित्य नभएको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा आरोपिहरुलाई कडा कारबाहीको लागि पहल होस भन्दै छलफल गरेका थिए । सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष चैतन्य प्रसाद सिटौला सहित राजनितिक दल र मानवअधिकारकर्मी बिच भएको छलफलमा आन्दोलन स्थगत गर्ने , लागुपदार्थ बेचविखनमा संलग्नलाई कारवाही गर्नुपर्ने तथा पिडित परिवारलाई उचित क्षतिपुर्ति दिलाउने माग सहित संघर्ष समिति विघटन गरिएको थियो ।