इटहरीः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले फागु पूर्णिमाका अवसरमा देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा शुभकामना दिएका छन् ।

मुख्यमन्त्री राईले हिमाली तथा पहाडी जिल्लामा आज बिहीबार र तराईका जिल्लामा भोलि शुक्रबार मनाइने फागुपूर्णिमा(होली)का अवसरमा शुभकामना दिएका हुन् ।
बिहिबार एक शुभकामना सार्वजनिक गर्दै मुख्यमन्त्री राईले फाुगु पुर्णिमाको शुभकामना दिंदै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने बताएका छन् ।

‘साँस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस होली पर्वले समस्त नेपालीहरू बीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यवद्धता कायम राख्न योगदान पु¥याउने विश्वास व्यक्त गर्दै सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ मुख्यमन्त्रीले राई द्धारा जारी शुभकामना सन्देशमा भनिएको छ । हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् भन्दै मुख्यमन्त्री राईले यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।