इटहरीः निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले शुक्रबार सार्वजनिक गरेको चुनावी कार्यतालिका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । आयोगका अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर वैशाख १५ गने उम्मेदवारको नामावली सार्वजनिक हुने तय गरिएको छ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते फिर्ता लिन सक्नेछन भने निर्वाचन आयोगले त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गर्ने बताएको छ । १७ गते चुनावमा सहभागी सबै दल र स्वतन्त्र उम्मेद्धवारलाई चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । यस्तै वैशाख ३० गते बिहान ७ देखि साँझ ५ बजेसम्म चुनाव मतदान कार्यक्रम तय गरिएको छ ।

275608345_509111663937422_74619711707532774_n