इटहरीः इटहरीमा रहेको एपेक्स हस्पिटलको लापरबाहीले आफ्नो छोरा सन्देश शाहको मृत्यु भएको भन्दै आन्दोलनमा उत्रेकी सन्देशकी आमाको खुट्टामा ५२ टाँका लगाइएको छ ।आन्दोलनका क्रममा प्रहरीले भीडलाई तिरवितर बनाउँदा भाग्ने क्रममा सिसाले काटेर खुट्टामा गहिरो चोट लागेको घाईतेका श्रीमान् नविन शाहले बताएका छन् ।

आफ्नो साढे ३ बर्षीय छोराको हस्पिटलको लापरवाहीले मृत्यु भएको भन्दै मृत छोरालाई काखमै लिएर दिनभर आन्दोलित बनेका नविन शाहको तस्बिर बुधबार दिनभर सामाजिक संजालमा भाइरल बनेको थियो ।अस्पतालको लापारवाहीका कारण तरहरा बरगाछीका साडे ३ बर्षीय बालकको मृत्यु भएपछि उत्पन्न तनाब अन्तत ४ बँुदे सहमति संगै सकिएको भएपनि मनमा पीडा र आमाको उपचार सकिएको छैन् ।

प्रहरी प्रसाशन इटहरीका राजनीतिक दल , अस्पताल प्रसाशन र पिडित पक्षबिच बिहीबार राती ४ बुँदे सहमति पश्चात आन्दोलनका सबै कार्यक्रमहरू रोकिएका थियो । कागजी सहमति भएपनि त्यसमा हस्ताक्षर नभएको र आफुहरुलाई सोमबार हस्पिटलमा बोलाइएको सन्देशका बुवा नविन शाहले प्रदेश पोर्टललाई बताए ।

अस्पताल प्रसाशनले घटना प्रति दुख ब्यक्त गर्दै उच्च छानविन टोली गठन गरी दोषी उपर कार्वाही गर्ने , पिडित परिवारलाइ तत्काल ५ लाख रकम र घाइतेलाइ ३५ हजार क्षतिपुर्ति दिने , आन्दोलन गरिरहेको समयमा पक्राउ परेका पिडित पक्षका चारैजनालाई रिहा गरिने सहमतिपछि आन्दोलनका सबै कार्यक्रमहरू रोकिएको थियो ।सन्देशको आमाको खुट्टाको दुई वटा नसा काटिएको र उनको इटहरी स्थित सामुदायिक हस्पिटलमा उपचार भइरहेको नविन शाहले बताए ।

275750372_1009150853366786_8544991559744460861_n

बिहीबार अवेर सम्म चलको वार्तामा पनि पिडित पक्षलाइ चित्त बुझाउन हम्मे हम्मे परेको थियो । वार्ताको क्रममा अस्पताल प्रसाशनले एकहोरो पेल्न खोजेको पिडित पक्षको भनाइ छ । तर पिडित पक्षले कि अस्पताल बन्द हुनुपर्ने कि उपचारमा संलग्न डाक्टरलाइ निलम्बन गरि लाइसेन्स नै खारेज गर्नुपर्ने अडान कायमै राखेपछि बिहीबार साझ सम्म पनि सहमति जुटेको थिएन ।

अस्पताल प्रसाशनको तर्फबाट मानविय सेवा वापत पिडित परिवारलाइ रू ५ लाख प्रदान गरिनुका साथै आन्दोलनको क्रममा घाइते बनेका मृतक बालककी आमालाइ उपचार खर्चबापत रू ३५ हजार प्रदान गरिने भएपछि आन्दोलन रोकिएको बताइएको छ ।यता पिडित नविन शाहका अनुसार सहमति पत्र पाएपनि हस्ताक्षर बिहिन भएको र सोमबार आफुहरुलाई हस्पिटलमा बोलाइएको बताएका छन् । यसैलाइ सहमति भयो भन्न नमिल्ने नविनले बताए ।

अस्पतालमा बुधबार साझ वान्ता भएपछि उपचार गराउन ल्याइएका साडे ३ वर्षिय वालक सन्देश साहलाइ कार्यरत नर्सले ओभर डोज सुइ लगाइदिएपछि मृत्यु भएको आरोप सहित पिडित परिवारले बिहीबार पूर्व पश्चिम राजमार्ग अवरूद्ध बनाउदै आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका कारण इटहरीको एपेक्स अस्पताल परिषर दिनभर तनावग्रस्त बनेको थियो । मृतक बालक सन्देश शाहको शुक्रबार हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको छ ।

276154438_4966306460117839_2079824109314095481_n