इटहरीः इटहरीमा रहेको सुस्मा गोदावरी कलेजको आयोजनामा शनिवार सुस्मा साइन्स ओलम्पिडको आयोजना भएको छ । उपत्यकामा मात्र सिमित यस्तो कार्यक्रमलाई अघिल्लो बर्षदेखि प्रदेश एकमा ल्याईएको र त्यसको निरन्तरता स्वरुपमा ओलम्पिडको आयोजना गरिएको सुस्मा गोदावरीका सहप्रद्यानाध्यापक बलराम पन्तले बताएका छन् ।

ओलम्पिडमा इटहरी र आसपासका जम्मा ४० विद्यालयका उत्कृष्ट २ विद्यार्थीहरुको गरि जम्मा ८० विद्यार्थीहरु सहभागीता रहेको विज्ञान संकाय संयोजक रन्जन भट्टराइले बताए ।
ओलम्पिडमा सुन्दरहरैँचाको टेन्डरफिट स्कुलका छात्र विशाल गिरीले प्रथम पुरस्कार स्वरुप नगद सात हजार रुपैँयाका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए । सनसाइन इङ्गिलिस स्कुलकी छात्रा सरस्वती ढकालले द्धितिय पुरस्कारमा नगद ५ हजार रुपैँयाका साथमा ट्रफि र प्रमाणपत्र गरिन् ।

275818820_1314335269053169_869004462339555812_n

तृतीय स्थानमा इटहरीकै विश्व आदर्श स्कुलका छात्र अर्यान ढकालले नगद तीन हजार रुपैयाँको साथमा ट्रफि र प्रमाणपत्रपाए भने चौथो र पाँचौमा क्रमश इटहरी मोडलका छात्र सुसम भण्डारी र टेण्डरफिट स्कुलका आशिष ढकालले क्रमश एक हजार रुपैँया र प्रमाणपत्रको साथमा ट्रफि प्राप्त गरेको रोशन शर्माले जानकारी दिए । उता सुन्दर हरैँचाको सिथार्थ स्कुलका छात्र अभिनभ बस्नेतले समेत एक हजार नगदका साथमा ट्रफि र प्रमाणपत्र पाएका थिए । आगामी बर्ष कार्यक्रमलाई अझ परिस्कृत र भव्य बनाईने विद्यालयका प्रद्यानाध्यापक बोधराज नेपालले बताए ।