इटहरीः खाडीमा श्रम गर्न जानेहरुको भिडमा छुट्टै पहिचान बोकेका थिए लमजुङ्गका राम घलेले । झण्डै एक दशकको खाडी बसाईमा रामले कराँते सिक्ने प्रण गरे र लक्ष्य अनुसार खाडी मुलुकमै आफ्नो ड्युटी समयभन्दा फाल्टो समयलाई सदुपयोग गरेर कराँते सिके पनि ।

रामले सयुक्त अरब इमिरेट्सको दुवईमा नाम चलेको पाँचतारे होटल कम्पनी जुमेरा गु्रपमा काम गरेका हुन् । त्यहीँ काम गर्दाका बखत फाल्टो समयमा सिकेको सिप हो कराँते, त्यही कराँतेले अहिले रामलाई आफ्नो देशमा छुट्टै परिचय दिएको छ ।

सबैभन्दा सानो लेभल ह्वाइट बेल्टबाट आफ्नो कराँते शिक्षा सुर गरेका राम अहिले नेपाल सितोरियो कराँते संघबाट मान्यताप्राप्त प्रशिक्षक हुन् । आफुलाई कराँतेमै स्थापित गराउँन चाहाने रामले अहिले दुवईको जागिर माया मारेर आफ्नै देशमा कराँते शिक्षा दिने हिसावले तनहुँ जिल्लाको खहरे भानु ३ मा मिडल इस्ट कराँते डोजोको स्थापना गरेका छन् । लमजुङ्गको दोर्दी गाउँपालिका ६ कार्तिमा जन्मेका रामले ८ महिनाअघिमात्रै आफ्नो कराँते डोजोको स्थापना गरेका थिए ।

275785076_4701912503253000_7335375251782335251_n

आफ्नै देशमा आफुले सिकेको सिपलाई प्रयोग गर्ने र युवालाई सेल्फ डिफेन्स अर्थात आत्म सुरक्षामा निर्भर बनाउने हिसावले आफुले तनहुँमा डोजोको स्थापना गरेको राम बताउँछन् । स्थापनाको ८ महिनामै तनहुँको दमौलीमा शनिवार आयोजना भएको जिल्ला स्तरीय कराँते प्रतियोगितामा रामको डोजोले गोल्ड सहित ५ वटा मेडल जित्न सफल भयो ।

प्रथम व्यास मेयर कप जिल्ला स्तरिय कराँते प्रतियोगिता नेपाल कराँते महासंघ तनहुँ शाखाले सन्चालन गरेको थियो । प्रतियोगितामा रामले नेतृत्व गरेको मिडल इस्ट कराँते डोजोका २५ केजी तौल समुहका सरोज गुरुङ्गले गोल्ड मेडल प्राप्त गरे भने २५ केजी तौल समुहकै जेसन गुरुङ्गले सिल्भर र अर्का ३० केजी तौल समुहका अच्लोभ तामाङ्गले सिल्भर मेडल प्राप्त गरे भने ३१ केजि उमेर समुहका सुशान्त श्रेष्ठ र ५० केजि तौल समुहका सन्देश रानाले ब्रोन्ज मेडल प्राप्त गरेको मिडल इस्ट कराँते डोजोका प्रशिक्षक राम घलेले बताए ।