इटहरीः विराटनगरमा हार्डवेयर ब्यवसाय गर्दै आएका जनकपुरका विनोद झा आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।

मोरङ्ग प्रहरीका अनुसार झा बुधबारबाट घरबाहिर देखिएका थिएनन् । बिहिबार प्रहरीले खोजी गर्दा घरकै मृत अवस्थामा झाको शव फेला परेको थियो ।

विराटनगरको रोडशेष चौक उत्तर तर्फ मिथिला हार्डवेयर नामको व्यवसाय संचालन गर्दै आएको झा को शरीर पखां नजिकको हुकमा झुन्डिएको अवस्थामा भेटिएको थियो ।
बुधबार देखि बाहिर नदेखेपछि झा बस्ने घरमै रहेको होटलका कर्मचारीले प्रहरीलाई खबर गरेको र प्रहरीले घर खानतलासी गर्दा शव फेला पारेको बताईएको छ ।

जनकपुर घरभएका ५६ बर्षीय झा पछिल्लो समय बिराटनगरमा एक्लै बस्दै आएको प्रहरीको भनाई छ ।

झाकी छोरी स्नेहा र श्रीमती साधना झा केहीदिनदेखि काठमाडौंमा भएको बताईएको छ । उनको मृत्युबारे प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको छ । लामो समयदेखि व्यवसाय गरिरहेका झा केही समयदेखि पसल बन्द गरेर बसेको पाइएको छ ।