इटहरीः चलचित्र ‘शमशेर’मा नायक गौरव पहारी अनुबन्धित भएका छन् । उनि अनुबन्धित भए संगै निर्माण पक्षले उनको डरलाग्दो रुप समेत पोस्टर मार्फत सार्वजनिक गरेको छ। चलचित्रमा उनि रागवको भूमिकामा देखिदै छन्।

चलचित्रमा अर्का नायक मनिष राउत शमशेरुको भूमिकामा देखिने छन् । उनको एक्सन अवतर समेत निर्माण पक्षले सार्वजनिक गरिसकेको छ । चलचित्रको फस्टलुक हेर्दा दुई नायकहरु बीचको लडाई चलचित्रमा देखिने आकलन गर्न सकिन्छ ।

एक्सन जनरामा बन्न लागेको चलचित्रलाइ एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण गरिन लागिएको हो ।चलचित्रमा अभिनेत्री भने फाइनल भैसकेको छैन् । हाल निर्माण टिम अभिनेत्रीको खोजीमा छन् । चलचित्रको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुने छ ।

सीबड्र्स इन्टरटेनमेन्टको ब्यानर रहेको चलचित्रमा मनिष र गौरवको अलावा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ । चलचित्रमा अर्जुन पोखरेलको संगीत समावेश रहेको छ ।