इटहरीः यौन दुव्र्यवहारको आरोपित शिक्षकलाई नियन्त्रणमामा लिएर फर्किदै गरको प्रहरी टोलिमाथि स्थानीयले आक्रमण गर्दा एक महिला प्रहरीको मृत्यु भएपछि मोरङ्ग जिल्ला प्रशासनले सोमबार बिहानैबाट लेटाङ्ग क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

मोरङ्गका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलका अनुसार राती स्थानीयहरु आक्रोसित भएर जथाभावी प्रहरीमाथि आक्रमणमा उत्रिएपछि २९ जना प्रहरी कर्मचारी घाइते भएका छन् भने एक जना महिला प्रहरीको मृत्यु समेत भएको छ ।

मृत्यु हुनेमा महिला प्रहरी जवान उर्मिला श्रेष्ठ रहेकी छिन् । श्रेष्ठलाई आक्रोसित भिडले धारिलो हतियार प्रहार गर्दा मृत्यु भएको प्रहरीको भनाई छ । शुक्रबार लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई होलिको दिन घरमै यौन दुव्र्यवहार गरेको आरोप लागेपछि स्थानीय शिक्षकका विरुद्ध आन्दोलनमा उत्रिएका थिए तर प्रहरीले शिक्षकलाई बचाउन खोज्दा स्थानीयहरु प्रहरीमाथि आक्रमणमा उत्रिएको बताईएको छ । प्रहरी टोली घटनामा आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर फर्किदै गर्दा आक्रोशत स्थानीय र विद्यार्थीको समूहले आइतबार साँझ आक्रमण गरेको हो ।

275955803_377208587745662_3599591578684441557_n

घटनामा प्रहरी पनि आत्मरक्षाका लागि उत्रिएकोले स्थानियवासी तर्फ पनि केहि घाइते भएको भएपनि त्यसको विवरण प्राप्त भई नसकेको प्रवत्ता समेत रहेको मोरङ्गका सहायक जिल्ला प्रशासन अधिकारी शरद कुमार पोखरेलले प्रदेश पोर्टललाई बताए ।

सोमबारको स्थितीलाई नियन्त्रणमा लिन स्थानिय प्रशासनले लेटाङ्ग नगरपालिकाको वडा नम्बर ३, ४, ५ को निश्चित क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको प्रवक्ता पोखरेलले बताए । कफ्र्यु आदेशको पुर्वी सिमाना मोरङ्ग खोला कायम गरिएको छ । अर्को सुचना जारी नभएसम्मका लागि स्थितीलाई नियन्त्रणमा लिन कफ्र्यु आदेश जारी गरिएको पोखरलेले बताए ।

यौन दुर्वयवहार गर्ने शिक्षक पौडेललाई प्रहरी नियन्त्रणमा रहेकै अवस्थामा प्रदर्शनकारीले आँगो लगाउन खोज्दा झडप भएको स्थानीयको भनाई छ ।
भीड नियन्त्रणका लागि प्रहरीले हवाई फयार गर्दा आक्रोशित भीडबाट प्रहरीमाथि पेट्रोल बमसमेत प्रहार प्रहरीको दाबी छ । प्रहरीले आरोपित शिक्षक पौडेललाई इलाका प्रहरी कार्यालय लेटाङ्गको हिरासतमा राखेको छ ।अँध्यारो समयमा प्रहरीमाथि एक्कासी आक्रमण भएको र त्यसबाट कति स्थानीयहरु घाइते भए भन्ने विवरण प्राप्त भइनसकेको मोरङ्ग प्रशासनले बताएको छ