इटहरीः मोरङ जिल्लाकोे लेटाङ नगरपालिकामा एक महिला प्रहरीको धारिलो हरियार प्रयोग गरी हत्या गरेको प्रकरणमा आधा दर्जन स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले यस घटनामा अनुसन्धानको लागि सोमबार ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनाको अनुसन्धानको लागि ‘शंकास्पद मानिएका ६ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको मोरङ्गका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए ।

घटनामा २४ वर्षीया प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको आइतबारको झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु  लगाइएको छ ।

275897689_360727335974457_2471473380614375847_n

लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटांगको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको छ ।खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भीडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

घटनामा परि प्रहरी तर्फ २९ जना घाइते भएको मोरङ्ग प्रशासनले बताएको छ । घाइते हुने प्रहरीहरुमा प्रहरी हल्वदार कृष्ण कुमार यादव, उमेश वरही, संगीता प्रसाइ, संजय यादव घाइते भएका छन् । यस्तै इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएका प्रहरी हवल्दार खुबी सावा, प्रहरी जवान जाबुक खड्का, लाल मिश्रा, संजय भुजेल, बिमल धिमाल, दिपक कुमार यादव रहेका छन् भने इलाका प्रहरी कार्यालय लेटाङका चार जना हल्वदार घाइते भएका छन्।

जसमा सन्त बहादुर मगर, मिक्वा योङहाङ, शिव कुमार यदाव, रेनुका सोनाम रहेका छन् । यस्तै दिपेश राय, मनिता राई र धुव्रबहादुर कार्की पनि घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । ६ जना उपचारपछि फर्किएका छन् ।

275843559_549064439690736_4590576443537596640_n