इटहरीः पछिल्लो समय निकै चर्चित बन्दै गएका युवा गायक उज्वल बन्जरा र आरके खत्रीको स्वरमा रहेको ’तर्की तर्की’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायकद्धय र मनिषा कार्कीको अभिनयमा रहेको उक्त म्युजिक भिडियो ’आरके खत्री अफिसियल’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोमा गायकद्वय र मनिषा कार्कीको अभिनय रहेको छ भने विक्रम तामाङले निर्देशन गरेका छन् । ’तर्की तर्की ’गीतमा गायक खत्री स्वयंले संगीत भरेका छन् । युवा गायकद्वयका यसअघिका गीतले पनि दर्शक÷स्रोतामाझ राम्रै चर्चा पाएका छन् ।