विराटनगरः मोरङको लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकाश माध्यमिक विद्यालयमा भएको घटना सम्वन्धमा प्रदेश नम्बर १ का सुरक्षा अधिकारीहरुले सोमबार स्थलगत अनुगमन गरेका छन् ।

१ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसी, सशस्त्र बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी तथा जिल्ला सुरक्षा समिति मोरङको टोलीले स्थल गत अनुगमन तथा जानकारी लिएका हुन् ।

आइतबार उक्त विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले दुव्र्यवहार गरेको बिषयमा वादविबाद हुँदा बिधार्थी तथा विद्यार्थीका अभिभावक अन्दाजी ४ र ५ सय जनाको संख्याले विद्यालयमा तोडफोड गरेकोमा प्रहरीले भिड तितर बितर गर्ने क्रममा घाईते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

276042063_334515128708992_9159968786029146380_n