सुनसरीः घरेलु टोली ब्रदर्श क्लब धरानलाई पराजित गर्दै काठमाण्डौको रोयल्स क्लब छैटौ हराईजन राष्ट्रिय बास्केटवल कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान स्थित हराइजन क्लबको कोर्टमा सोमबार भएकोे खेलमा धराने टोली ब्रदर्श क्लबलाई ८० का बिरुद्ध ७२ स्कोरले पराजित गर्दै रोयल्सले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

रोयल्स बास्केटबल एकेडेमी, काठमाडौँले प्रत्येक क्वाटर २३–२२–१५–२६ गरि ८० अंक जोड्दा ब्रदर्स क्लब, धरानले १८–२१–२०–७ गरि ७२ अंक मात्र जोड्न सफल भयो ।

खेलको म्यान अफ द म्याच रोयल्स बास्केटबल एकेडेमीका विकास गुरुङ बने । उनले खेलमा सर्वाधिक १८ स्कोर गर्न सफल भए । अब सेमिफाइनलमा रोयल्सले पर्सी बुधबार बिभागिय टिम त्रिभुवन आर्मीसंग प्रतिष्पर्धा गर्नेछ । भोलीको अन्तिम क्वाटरफाइनल खेल टाइम्स क्लब काठमाण्डौ र बिर्तामोड क्लब झापा बिच हुने आयोजकले जनाएको छ ।

चैत ११ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार रुपैया नगद पुरस्कार पाउनेछ भने उपबिजेताले ५५ हजार रुपैया पाउने आयोजकले जनाएको छ ।