सुनसरीः जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिनगरा गाउँपालिका १ का ३६ बर्षीय शम्सेर आलम रहेका छन् । आलमलाई सम्मानित उच्च अदालत मोरङको २०७५ फाल्गुन २७ गते भएको बैंकिङ कसुर मुद्दा अन्तर्गत फैसला अनुसार ३ महिना कैद र ७१ लाख ९० हजार रुपैंया जरिवाना तोके पछि फरार रहेका थिए ।

आलमलाई पक्राउ गरी सोमबार सम्मानित अदालतमा उपस्थित गराउँदा जरिवाना बापतको रकम व्यहोर्न नसकी सम्मानित अदालतको आदेश अनुसार थुनामा राख्न झुम्का कारागार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।