इटहरी :मोरङ्गको लेटाङ्गमा रहेको शिक्षा विकास माविकै एक छात्रालाई विद्यालयका शिक्षक मनोज पौडेलले जबरजस्तीगर्न खोजेपछि एक जना महिला प्रहरीको ज्यान जानेगरी भएको घटना सेलाउन नपाउँदै सोहि ठाउँसँग जोडिएर अर्को घटना भएको छ ।

बिहिबारबाट कर्फ्यू हटेर सामान्य अवस्थामा फर्कँदै गरेको लेटाङ नगरपालिका वडा नम्बर ६ कि १७ बर्षीया किशोरी सुनिता वाइबा तामाङ मृत अवस्थामा फेला परेकी छन् ।

आफ्नै घरमा मृत अवस्थामा भेटिएकि तामाङ्ग पनि लेटाङ ५ मा रहेको शिक्षा विकास माविकै कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन । उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा अहिले लेटाङ प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गर्दै शवलाई पोस्टमार्टम लागि पठाउने तयारी गरिरहेको बताइएको छ।

एक चेलीको न्यायको लागि लड्दै गर्दा अर्की महिला प्रहरीलाई गुमाएको घटना सेलाउन नपाउँदै अर्की चेलीले आत्महत्या गरेकि छन् । महिला प्रहरीको हत्या पछि लगाइएको कर्फ्यु आज बिहिबार बिहानदेखि पूर्ण रूपमा हटाइएको थियो ।