काठमाण्डौंः पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी तीनै तहको निर्वाचनमा केपी ओली नेतृत्वको एमालेले अकल्पनीय परिणाम भोग्ने दाबी गरेका छन् ।

काठमाडौँको बानेश्वरस्थित अर्पण ब्याङ्केटमा आयोजित पार्टी निकट समाजवादी प्रेस संगठनको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले एमाले देशभर पराजित हुने ठोकुवा गरे ।

एमाले अध्यक्ष ओलीले आसन्न स्थानीय तहको चुनावमा एमालेले ७० प्रतिशत सीट जित्ने दाबी गरिरहेका बेला खनालले भने, ‘केपीको पार्टीले अब २ तिहाई होइन २/३ सिटमात्र ल्याउछ ।

एमाले अध्यक्ष ओली सत्ता गठबन्धनविरुद्ध दक्षिणपन्थी मोर्चा बनाउने प्रयासमा रहेको भन्दै खनालले एमालेले एक्लै चुनाव जित्नै नसक्ने बताए । ओलीले बाहिर एक्लै चुनाव लड्ने भनेर भित्रभित्र राप्रपा, लोसपा र सिके राउत नेतृत्वको जनमत पार्टीसँग तालमेलको प्रयास गरिरहेको उनको भनाइ छ ।

277092727_2651752644968922_1472640067643254484_n

एमालेका केही नेताहरुले दुई पार्टी सिष्टमको वकालत गरेको भन्दै नेता खनालले त्यसलाई नेपालको संविधान र जबजविरोधी सोचको संज्ञा दिए । ‘उनीहरू अमेरिकीको डेमोक्रेसीलाइ नमुना मान्दैछन् । अब नेपालमा दुइ पार्टी सिष्टम भन्दैछन् । तर, त्यो सम्भव छैन, त्यस्तो सोच जबज र संविधानविरूद्धको सोच हो । दक्षिणपन्थी भड्काउ हो ।’

सम्बोधनको क्रममा खनालले केपी ओलीले आफ्नो गुटको हित नहुने देखेपछि अनेक षड्यन्त्र गरेर तत्कालीन नेकपा विभाजित गरेको आरोप पनि लगाए ।

सच्चा देशभक्त,क्रान्तिकारीहरूले अबको निर्वाचनमा जित्नैपर्ने भन्दै उनले अन्यथा फेरी केपी ओलीहरू जन्मिरहने र कम्युनिष्ट आन्दोलन धवस्त हुने चिन्ता व्यक्त गरे ।

277110954_1456234514793586_3631279618274465989_n 277076263_1026423558256331_8227490827484789710_n 277115226_1043691679555414_7659590367750713311_n