इटहरीः नेपाली कांगे्रस इटहरीका नेता रोहित प्रसाईले इटहरी उपमहानगरले युवा स्वरोजगारका नाममा एमाले पार्टीका कार्यकर्तालाई रकम बाँडेको आरोप लगाएका छन् ।

शनिवार इटहरी वडा नम्बर १० का आफ्ना पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै अघिल्लो स्थानीय तह निर्वाचनमा मेयरका प्रत्यासी प्रसाईले युवा स्वरोजगार कार्यक्रममा उपमहानगरले व्यापक अनियमितता गरेको बताएका हुन् ।

“इटहरी नगरपालिका मार्फत मेयर र उपमेयरले करोडौं रुपैंया एमाले पार्टीका कार्यकर्तालाई बाँडेका छन् त्यसको सत्य तथ्य हिसाव खोजिनुपर्छ ।” नेता प्रसाईले भने ।

युवा स्वरोजगार कार्यक्रमको करौडौं रकम नगरपालिकाको नेतृत्त्व मार्फत चरम दुरुपयोग भएको बताउँदै कांग्रेस नेता प्रसाईंले पार्टीका कार्यकर्तालाई बाँडेको पैसा ले इटहरीमा कुनै रोजगार सृजना गर्न नसकेको बताए ।

आउँदै गरेको स्थानीय निर्वाचन बैसाख ३० इटहरीका जनता र नेपाली कांग्रेसका कार्यकर्ताहरुले यस विषयमा प्रश्न गर्नुपर्ने नेता प्रसाईले बताएका छन् ।

उनले इटहरी नगरपालिका मार्फत खर्च गरिएको कोषको उक्त रकमले सृजना गर्नुपर्ने रोजगारका अवसर सृजना नहुँदा उक्त कार्यक्रम मार्फत पाउनुपर्ने लाभबाट इटहरी नगरबासी बन्चित भएको बताए ।