काठमाण्डौः मोफसलबाट संचालन भएका मिडियाहरुको संरक्षण र विकास गर्ने रणनिति अख्तियार गर्ने तथा पत्रकारहरुको स्वास्थ्य उपचारमा सरकारले विशेष व्यावस्था गर्नुपर्न लगायतका निर्णय गर्र्दै समाजवादी प्रेस संगठनको पहिलो विस्तारित बैठक आइतबार काठमाण्डौमा सम्पन्न भएको छ ।

देशभरिबाट सहभागी ३ सय ५० जना समाजबादी प्रेस संगठनका सस्थापक सदस्य, प्रदेश संयोजक, जिल्ला अध्यक्ष र संयोजक सहभागी विस्तारित बैठकले समाजबादी प्रेस संगठनको बिधान २०७८ लाई ब्यापक छलफल गरी सर्बसम्मत रुपमा पारित गरेको छ ।

नेकपा एकीकृत समाजबादीका नेता झलनाथ खनाले शनिवार उद्घाटन गरेको विस्तारित बैठक आइतबार पार्टीका अध्यक्ष माधबकुमार नेपालले समापन गरेका थिए । समापन कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपालले प्रतिगमन अझै पनि पुर्ण रुपमा सच्चिन बाँकी रहेकोले लोकतन्त्र र सबिधानका पहरेदार देशभरिका पत्रकारहरुलाई समाजबादी प्रेस संगठनमा गोलबन्द भै आआफ्नो ठाउंबाट प्रभाबकारी भुमिका निर्बाह गर्न आह्वान गरे ।

111

समाजवादी प्रेस संगठनको बिस्तारित बैठकले महासचिब भुपराज खडकाले पेश गरेको संगठनात्मक प्रतिबेदन , प्रदेश इञ्चार्जहरुहरुले पेश गरेको प्रतिबेदन र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिबेदन पारित गर्नुका साथै बरिष्ठ पत्रकार एवं संगठनका सस्थापक टंक पन्तले प्रस्तृत गरेको २० बुँदे महत्वपुर्ण समसामयिक प्रस्ताबहरु पनि सर्बसम्मतिले पारित गरेको छ ।

संगठनका अध्यक्ष एवं बरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको विस्तारित बैठकमा नेकपा एकीकृत समाजवादीका उपमहासचिब एवं मोर्चा संगठनका प्रमुख डा. बिजय पौडेल, उपमहासचिब एवं केन्द्रिय प्रचार विभागका प्रमुख जगनाथ खतिवडा , वरिष्ठ पत्रकार एवं सगठनका सस्थापकहरु किशोर श्रेष्ठ , बालकृष्ण चापागाई, खेम भण्डारी, सुवास खतिवडा , बिनोद ढुगेल, अशेष घिमिरे, चमिना भटराई लगायतका संगठनका नेताहरुले प्रेस स्वतन्त्रता, श्रमजीबी पत्रकारहरुको हक हित र ब्यबसायिक सुरक्षाका लागि सबै पत्रकारहरु एक भएर आवाज उठाउनुपर्ने कुरामा जोड दिएका थिए ।

बिस्तारित बैठकको मान्युट कमिटीमा उपाध्यक्ष प्रकाश खतिवडा , सुवास साह र तीर्थ सिग्देल , बहस नोट कमिटीमा नबराज छत्कुली, तेज वाग्ले र उर्मिला कुंवर र प्रस्ताब कमिटीमा बरिष्ठ पत्रकार टंक पन्त र भरतराज पोख्रेल रहेका थिए । कार्यक्रममा पत्रकार खेम भण्डारीद्वारा लिखित पुस्तक ‘हावामहलको कुशल कारिगर’ नामक पुस्तकको बिमोजन, कलम डटकमडटएन्पीको शुभारम्भ र २ वटा चुनावी गीतहरुको समेत सार्वजनिक गरेको थियो ।

 बैठकले अझै पनि अन्यौल र भ्रमबाट प्रतिगमनको पक्षमा रहेका कतिपय पत्रकार साथीहरुलाई अग्रगमन , लोकतन्त्र, प्रेस स्वतन्त्रता र सबिधानको रक्षाका लागि संघर्ष गरेको र केही समय अगाडि स्थापित सकमाजवादी प्रेस संगठनमा गोलबन्द हुन आह्वान गरेको छ ।

20220327_101819064

बैठकले श्रमजीबी पत्रकाह्रुको हक हित एवं पत्रकारका मुद्धालाई पत्रकारिताको बिकास र श्रीबृद्धिसंग जोडदै ब्यबसायिक पत्रकारिताको बिकासका लागि बिस्तारित बैठक प्रतिबद्धता सहित नेतृत्वदायी भुमिका निर्बाह गर्न अग्रसर हुने घोषणा गरेको छ ।

त्यसैगरी नेपाली पत्रकारिताको आबश्यकता अनुरुपका ज्ञान ,सीप प्रबिधि, आदिको प्रयोग र बिकासका लागि संगठनले अह्ं भुमिका खेल्ने प्रतिबद्धता सहति सबै जिम्मेबार पक्षलाई आह्वान गरीएको छ ।

बैठकले पत्रकारिता क्षेत्रको लगानी तथा ब्यबस्थापनलाई ब्यबस्थित गर्देै मिडिया उधोगलाई संस्थागत बिकास गर्न बिस्तारित बैठक आह्वान गरेको छ भने आगामी निर्बाचनमा लोकतन्त्र र सबिधानको रक्षा सहित कार्यान्वयनमा लागेका आम पत्रकारहरु एकताबद्ध भै देशको बिकास , प्रेस स्वतन्त्रता एवं लोकतन्त्र र सबिधानको रक्षाका लागि सघर्ष गरेकाहरुको पक्षमा भुमिका खेल्ने अठोट समेत गरेको छ ।

20220327_083559613

समाजमा रहेका महत्वपुर्ण मुद्धालाई पत्रकारहरुले मिडियामार्फत प्रभाबकारी रुपमा भुमिका स्थान दिनुपर्ने आबश्यकतालाई थप स्पष्टताका साथ अगाडि बढन बिस्तारित बैठक मार्फत प्रतिवद्धता व्यक्त गरिएको छ ।
प्रतिभाशाली , क्षमतावान पत्रकारहरुलाई नेपाली पत्रकारिताको मुल प्रबाहमा टिकाई राख्ने रणनीति अख्तियार गर्न र नेतृत्वदायी भुमिका निर्बाह गर्न संगठनले प्रतिवद्धता व्यक्त गरेको छ ।