इटहरीः इटहरीको जनता माध्यमिक विद्यालयको लागि स्कुल बस खरिद गर्न समाजसेवी दिनेश भट्टराईले एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन् ।

विद्यालय, पुर्व विध्यार्थी समाज, जनता मा वी, इटहरी को साझेदारीमा बिद्यालयको बस खरिद गर्नका जनता माविकै पुर्व विद्यार्थी राजन भट्टराईका पिता दिनेश भट्टराईले उक्त सहयोग गरेका हुन् । इटहरीमा रहेको पुर्वाञ्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समिति अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी, उप– शाखाका उपाध्यक्ष समेत रहेको भट्टराई ले समाजसेवाका क्षेत्रमा निकै ठुलो योगदान गरेका छन् ।

जनता मा वी, इटहरीले व्यवस्थापन तथा शैक्षिक सुधार गर्दै, बढ्दो विध्यार्थी संख्या र टाढा टाढा बाट विद्यार्थीहरुको स्कुल पढ्न आउने भए पछि, उनीहरुको घर देखि विद्यालय सम्म आवतजावतका लागि तथा व्यवहारिक शिक्षा प्रदान गर्न विभिन्न स्थानहरुमा स्थलगत भ्रमण गराई शिक्षा प्रदान गर्ने हेतुले बस खरिद गर्ने योजना बनाएको बताईएको छ ।
विद्यालयको पुर्व विद्यार्थी समाजका अध्यक्ष संयोग पराजुलीले पवित्र उद्देश्यमा सहयोग पुगोस भन्ने हेतुले सहयोगका लागि सम्पुर्ण समाजसेवी तथा पुर्व विधार्थीहरु संग सहयोगमा अघि बढ्न आव्हान गरेका छन् ।