बिर्तामोडः प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकार शान्ती सुरक्षाको विषयमा गम्भीर भएर लागिरहेको बताएका छन् । सवारीसँगै घुलमिल हुनेले बढी दुर्घटना गराउने गरेको बताउँदै उनले सुविधायुक्त गन्तव्यमा पु¥याउनका लागि जोखिम मोलेरै भए पनि ट्राफिक प्रहरीले काम गर्ने गरेको बताए ।

झापाको बिर्तामोडमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सोमबार उद्घाटन गरेपछि आफ्ना भनाई राख्ने क्रममा मन्त्री कार्कीले सो कुरा बताएका हुन् । मन्त्री कार्कीले नागरिकलाई सुरक्षा दिनका लागि खट्ने सुरक्षाकर्मीलाई सुरक्षा दिएमा सुरक्षाकर्मीले नागरिकको सुरक्षा गर्न सहज हुने बताए । सरकारले प्रहरीलाई सुरक्षा दिनकै लागि भवनहरूको स्तरोन्नति तथा निर्माण गरेको बताउँदै उनले भवनको उचित व्यवस्थापन गर्न उनले निर्देशन दिए ।

प्रदेश सरकारले मेची पुलदेखि कोसी पुलसम्म तथा जोगवनी देखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने प्रक्रिया सुरु गरेको छ । सिसी क्यामेराले मानिसलाई अनुुशासीत बनाउने बताउँदै दुर्घटनामा कमी आउने बताए । दुर्घटना न्यूनीकरणमा सबैको भूमिका महत्त्वपूर्ण हुने उनको भनाई छ ।

IMG_3584

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रदेश १ प्रहरी कार्यालयका प्रमुख अरुण कुमार बिसी, प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख वासुदेव खतिवडा लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको एक करोड ८८ लाख ८५ हजार ५ सय ७७ रुपैयाँ ९८ पैसाको लागतमा निर्माण भएको हो । भवन निर्माणका सहयोग गर्नेलाई सम्मान गरिएको छ ।

IMG_3581