इटहरीः कुनै बेला नेपाल कम्युनिष्ट पार्टी एमालेमा जुझारु नेताका रुपमा देखिएका इटहरीका युवा रमेश खत्री एकाएक विद्रोह गरेर नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।

अघिल्लो स्थानीय निर्वाचन हुनै लाग्दा मदन भण्डारीको जन्मदिनकै अवसरमा स्थानीय नेताहरुको रोहवरमा नेकपा एमालेमा प्रवेश गरेर खत्री पछिल्लो समय नेकपा एमालेको जिल्ला सचिवालय सदस्य थिए । एमालेको सातौँ जिल्ला अधिवेशन ताका जिल्ला सदस्यका उम्मेद्धवार समेत बनेका खत्री झिनो मतले प्रतिस्पर्धाबाट बाहिरिए तर केहि न केहि रुपमा एमालेभित्र बसेर केहि जिम्मेवारी पाउने प्रतिक्षामै थिए तर खत्रीकै भाषामा भन्ने हो भने त्यस्तो भएन । पार्टीमा निष्ठाको राजनिति सकिँदै गयो अनि पार्टीमा बस्नुको औचित्य रहेन ।

हुन त अवसरका लागि पार्टी त्याग्ने र अर्कोमा प्रवेश गर्ने एक झुण्ड पनि नभएको होइन, हामीले खत्रीलाई के तपाईले अवसरको लागि वा पद नपाएर एमाले छाड्नु भएको हो त भनेर प्रश्न गर्यौँ खत्रीले नकारे । उनि भन्छन् “मैले पदको कारणले एमाले त्यागेको होइन यहाँ त अबसरबाद र स्वार्थको राजनितिबाहेक अरु केहि छैन । मैले पहिले देखि पार्टीमा चित्त नबुझेको कुरामा फरक मत राख्दै आएको हो त्यहाँ फरक मतको समेत सम्मान हुदैन । धेरै साथीहरु पहिल्यै नै माधब नेपाल समुहमा गइसक्नु भएको थियो । म केहि समय कुरेँ तथापी पार्टीको केन्द्रदेखि तल सम्मै अवसरबादले गाँजिसकेको भान भयो अनि त्यहाँ बसिरहनुको अर्थ रहेन ।”

भोजपुरमा जन्मेका रमेश माध्यमिक शिक्षा लिँदाका बखतदेखि नै राजनितिक चेत आएका युवा हुन् । नेपाली कांग्रेसबाट राजनितिमा प्रवेश गरेका खत्रीले भोजपुर कलेज बढ्दै गर्दा स्वतन्त्र विद्यार्थी युनीयनमा समेत प्रतिस्पर्धा गरेका थिए । पछि मोरङ्ग जिल्लाको कसेनीमा बसाई सरी आएपछि नेपाली कांग्रेसमा बसेर निकै लामो समय काम गरेका थिए ।

खत्री पुन इटहरी ४ मा बसाई सरी आएपछि सामाजिक विकासमा सक्रिए भएर लागे । आजका युवाहरु राजनितिमा आउन चाहादैनन् तर राजनिति भनेको यस्तो वहाक हो,जसले समाज रुपान्तरण गर्न ठुलो भुमिका निर्वाह गर्छ । राजनितिलाई फोहोरी खेल भन्न रुचाउने युवा पुस्तालाई केहि पेशा अंगालेपछि सक्रिय भएर राजनितिमा होमिन खत्रीको आग्रह छ । जन्मजात नै कांग्रेस रहेका उनलाई राजनितिमा आउन निर्मल खत्री तथा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीको भुमिका रहेछ । उनिहरुबाटै प्रभावित भएर कांग्रेसमा लागेका खत्रीले २०५८ सालताका नेकपा माओवादिको तार्गेटमा परेर केहि समय राजधानी गएर पनि बस्नु परेको थियो ।

इटहरी आइसकेपछि रमेश केहि समय तठस्त बसेका रहेछन् तर समाजसेवामा होमिने मान्छे कसै न कसैको सहयोग त चाहिन्छ नै ।“ विकासका काममा धेरै जसो नेकपा एमालेका नेताहरुको साथ पाइयो कम्युनिष्ठ नेताहरुले सहयोग गर्नुभयो । ठुला ठुला नेताहरु त स्वार्थमा हिड्छन् भने म आफ्नो समाज विकासका लागि किन बामपन्थी राजनितिमा नलाग्ने भनेर २०७४ सालको मदन भण्डारीको जन्मदिन पारेर नेकपा एमालेमा प्रवेश गरेको थिएँ ।” एमाले प्रवेश गर्दाको अनुभव रमेशले सुनाए ।

चुनावी समयमा पार्टी प्रवेश गरेको हुनाले एमालेले खत्रीलाई निकै महत्वपुर्ण जिम्मेवारी दिएर चुनावी अभियानमा खटाएको रहेछ । जुझारु नेता देखेपछि एमालेले खत्रीलाई फाष्ट ट्राकमै संगठित सदस्ता दिएको रहेछ । पछि उच्चस्तरिय संयन्त्रको सदस्य बनेर ४÷५ वडामा खटेका थिए रमेश । एमाले अध्यक्ष केपि ओलिको राष्ट्रवादि भाषणबाट एमालेप्रति आश्थावान बनेका यी युवा अघिल्लो प्रदेश र संघीय चुनावमा पनि उत्तिकै सक्रिय बनेर खटेका व्यत्तित्व हुन ।

277314273_505433421141008_4022094058540589732_n

प्रदेश सांसद सर्वध्वज साँवाको प्रवत्ता बनेर चुनावी अभियानमा होमिदाका बखत आधा उधि चुनावी भाषण त आफँैले गरेको स्मरण ताजै छ खत्रीसँग तर एमालेको लागि त्यत्रो अन्धो भएर लागेका उनले एमालेबाटै किन विद्रोह गरे त हामीले फेरी अर्को प्रश्न तेर्सायौँ । “ राजनितिमा लाग्ने मान्छेको मुल्याँकन हुनुपर्छ र मुल्यांकन अनुसारको जिम्मेवारी पनि पाउनुपर्छ ।

म आफैँ अभियानमा लागेर सफल बनाएको एमालेका नेता सर्वध्वज साँवाले गर्छु भनेर घोषणा गरेका बाचा ५ बर्ष पुग्नै लाग्दा ३० प्रतिशत पनि पुरा गर्नुभएको छैन ।” “अर्को चुनाव आउनै लागेका छ म फेरी के भनेर जनतामा जाने नेतालाई भन्दा मलाई बढि अप्ठ्यारो लाग्ने भयो । त्यतिमात्र नभएर २ तिहाईको सरकारको जिम्मा लिएका केपी ओलीले २ पटक सम्म संसदको घाँटी निमोठ्ने काम गरे । स्वार्थले भरिपुर्ण भएका पदलोलुप नेताका कारण त्यहि पार्टीको सरकार हुँदै गर्दा त्यहि पार्टीका नेता सडकमा आउनु पर्ने अवस्था आयो । मेरो बिचारमा केपी ओली गलत होइनन् भन्ने थियो । जव माधव नेपाल , झलनाथ खनालहरुले राख्नु भएको राष्ट्रिय भेलामा जाने मौका पाइयो तव केपीको पक्षमा लाग्दा जनताले देशले र पार्टीले समेत दुख पाउँछ भन्ने भयो ।” खत्रीले अघि भने ।

नेकपा एमाले र नेकपा माओवादी एकिकरण भएर बनेको नेकपामा नगरकमिटि सदस्य भएको खत्री पछि वडा नम्बर १० को सह–इन्चार्जको जिम्मेवारी लिएर पार्टी र संगठन विस्तारको काम गरिरहेका थिए । पछि एमाले र माओवादीको पार्टी एकता पनि भंग भयो तर पार्टी एकिकरण पनि केपी ओलीले आफ्नो कुर्सी जोगाइराख्न गरेको प्रष्ट भएको यी नेताको भनाई छ ।

पार्टी एकता भंग भएपछि जिल्ला सचिवालय सदस्य र सातौ जिल्ला अधिवेसन आयोजक कमिटिमा समेत रहेका खत्री जिल्ला सदस्यको उम्मेद्धवार समेत बनेका थिए तर सानो मतान्तरले प्रतिस्पर्धाबाट बाहिरिए माया गरेर साथ दिने साथीहरुलाई धन्यवाद दिन उनले बिर्सेनन् । “यो राजनिति हो राजनितिमा थाई शत्रु र थाई मित्र कोही हुदैनन् खत्री पनि त्यसै भन्दै थिए धेरै साथीहरु माधन नेपाल नेतृत्वको नेकपा एसतिर गइसक्नु भएको थियो मैले केही समय हेरेँ जिम्मेवारी दिने कुरामा धेरैलाई बाहिर राखियो । फरक पार्टीबाट आएका साथीहरुलाई व्यवस्थित गर्दै लाने विद्यानकै व्यवस्थालाई पनि वायस गर्दै जाने नीति अपनाइएपछि बिद्रोह गर्नुको विकल्प थिएन ।” रमेशले सुनाए ।

“अहिले सहि बिचार लिएर नेकपा एमालेलाई बनाउने नेताहरुको पार्टीमा समावेस भएको छु । मैले धेरै संश्लेसन विश्लेषण गरेर विद्रोह गरेको हो । मैलै गरेको सबै ठिक छ भन्ने केपी ओलीको अहमताका कारण एमाले सकिन लाग्यो । मैले गरेको विद्रोह केपी ओलीको नभई ओली प्रवृतिको हो ।” उनले भने ।

राजनिति आफैँमा खराव होइन् तर खरान नियत भएका मान्छेहरुले यसलाई विकृत बनाउँदैछन् भन्ने धारणा राख्ने यी युवा क्षमता अनुसार रोजगारी र आधारभुत आवश्यकताको परिपुर्तीका लागि युवाहरु राजनितिमा आउनु पर्छ भन्ने भनाईका पक्षपाती हुन् । नेकपा एकिृत समाजवादीमा प्रवेश गरेका खत्रीलाई नेकपा एसले जिल्ला कमिटिको सचिवालय सदस्यमा चयन गरीसकेको छ ।