इटहरी : मंगलबार बिहानै सुनसरीको इटहरीमा बम विस्पोट भएको प्रहरीले जनाएको छ ।  मंगलबार बिहान करिव २ बजे बम इटहरीको नवजाग्रित टोलमा बम विस्फोट हुँदा दुईजना घाइते भएका छन् ।


प्रहरीका अनुसार राति दुई बजे भएको विस्फोटका कारण २२ वर्षका रविन थापा र २३ वर्षका शेरजंग गुरुङ घाइते भएका छन् । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । घाइतेमध्ये थापाको विराटनगर आँखा अस्पताल र गुरुङको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी खगेन्द्र खड्काका अनुसार बम कुन प्रकृतिको थियो भन्ने कुरा अनुसन्धानकै क्रममा छ । घटना स्थलबाट प्रहरीले ‘हिमाल सुरक्षा परिषद् नेपाल’को पर्चा भेटिएको र सोहि संस्थाले बम राखेको हुन सक्ने बताइएको छ । तथापि घटनाको अहिले सम्म कसैले जिम्मेवारी लिएको छैन ।