इटहरीः धनकुटाको पर्यटनको अर्को खुड्किलो मानिएको तमोर नदिमा र्याफ्टिङ चलाउनको लागि स्थानीय युवालाई र्याफ्टिङ तालिम दिन शुरु गरिएको छ ।

तमोर करिडोरका नदीमा आश्रित परिवारका स्थानीय युवाहरुलाई साहसिक पर्यटनको लाभ उठाउन नेपाल पर्यटन बोर्डको सहयोगमा शनिवार देखी तालिम शुरुवात गरिएको हो । तालिम नेपाल एशोसियसन अफ र्याफ्टिङ एजेन्सीले आयोजना गरेको हो ।

१५ दिन सञ्चालन हुने तालिममा साहसिक पर्यटन र्याफ्टिङ सम्बन्धी प्राविधिक सिकाई प्रक्रिया सञ्चालन गरिने बताइएको छ । डूङगा गाईडको प्राविधिक तालिम प्रदेश एकमै पहिलो चोटी आयोजना गरिएको हो ।

तमोर नदीमा व्यवसायिक र्याफ्टिङबाट स्थानीय समुदायलाई लाभ पु¥याउन तमोर करिडोरका युवाहरुलाई प्राथमिकता दिई तालिम सञ्चालन गरिएको बताइएको छ । तालिममा तमोर करिडोरका नदीमा निर्भर धनकुटा जिल्लाको भैसेटार, फलामेटार, सदामटार, कुसेटार, मुलघाट, छिम्सुवा, साप्तीङ्गटार, सफाईटार, घङ्गघरी र त्रिबेणी क्षेत्रका अल्पसंख्खक माझि जाति, राई , लिम्बु, तामाङ्ग, बाहुन क्षेत्री सहित २० जना सहभागी रहेका छन् ।

277582625_1571671599876882_584457959295776499_n

‘तमोर करिडोरका नदीमा निर्भर समुहदायको जिविकोपार्जन पुर्नरुत्थानका लागी दिगो पर्यटन परियोजना अनुसार तालिम सञ्चालन गरिएको हो आयोजकले बताएका छन् । धनकुटा–९ मुलघाट स्थीत रिभर साईड रेसोर्टमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै तमोर रिभर एडभान्चर र्याफ्टिङका सञ्चालक मदन ढकालले यसबाट पूर्वमा र्याफ्टिङका लागि दक्ष जनशक्ति उत्पाद हुने विश्वास व्यत्त गरेका छन् । परम्परागत रुपमा नदीमा आश्रीत रहँदै आएका परिवारका युवाहरुलाई पर्यटनको अवसरबाट रोजगारी दिलाउन प्रशिक्षणले सघाउ पु¥याउने उनले बताए ।

प्रशिक्षार्थीहरुलाई व्यवसायीक र्याफ्टिङ गाइड, कायक हरि आले मगर , रेवती उपाध्याय, माईली मगर र कमल ठकुरीले प्रशिक्षण दिने बताइएको । उनिहरुले प्रयोगात्मक रुपमा प्रशिक्षार्थीहरुलाई तमर नदिमा र्याफ्टिङमा गाईडका सैद्धान्तिक तथा प्राविधिक प्रशीक्षण दिने छन् ।

तालिम शुरुआतको अवसरमा उध्योग वाणिज्य संघ, होटल एशोसियसन धनकुटाका अध्यक्ष खगेन्द्र विष्ट, अग्रज पत्रकार सञ्जय सन्तोषी राई, प्रशिक्षक रेवती उपाध्यायले प्राकृतिक स्रोतको रुपमा रहेको नेपालका नदिहरु लाई मानव जातिको विकास र आय स्रोतको रुपमा विकास गर्नु पर्नेमा जोड दिएका थिए ।