मोरङः नेकपा एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वीयु) मोरङको अध्यक्षमा तुलसी घिमिरे चयन भएका छन् ।

गत पौष १६ र १७ गते भएको २३ औं जिल्ला अधिवेशनले सदस्यहरुमा टुङ्गो लगाएर स्थगित भएको जिल्ला कमिटीले बुधबार पूर्णता पाएको हो ।

बुधबार जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला कमिटिको पूर्ण बैठकले घिमिरेलाई सर्वसम्मतरुमा अध्यक्षमा चयन गरेको हो ।

पार्टी कार्यालयमा अनेरास्वीयुको केन्द्रीय उपमहासचिव भाष्कर खनालको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष सहित अन्य पदाधीकारीहरुको टुङ्गो लगाएको हो ।
बैठकले उपाध्यक्षमा रुपेश खड्का, हेमन सुब्बा, सचिव विरेन्द्र घिमिरे, सहसचिवहरुमा नविन पहाडी, संगम कान्दवा, सागर थापा, अनिशा गिरि र कोषाध्यक्षमा सरु गुरागाईंलाई चयन गरेको छ ।

IMG_4060

त्यस्तै, २३ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला सदस्य तथा नवनिर्वाचित पदाधीकारीहरुलाई केन्द्रीय उपमहासचिव भाष्कर खनालले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष घिमिरेले संगठनले ऐतिहासिक महत्तव बोकेको यस संगठनलाई सबैलाई समेटर गतिशिल बनाउने प्रतिब्द्धता समेत व्यक्त गरेका थिए ।
नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष ऋषीकेश पोखरेलको अध्यक्षतामा भएको कार्याक्रममा अनेरास्वीयु केन्द्री सचिवालय सदस्य गोकर्ण घिमिरे, आरती भट्टराई केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अनिल कार्की सह इन्चार्ज सन्तोष घिमिरेको उपस्थिति रहेको थियो ।