इटहरीः खेलकुदमा मस्कटको विशेष महत्व रहन्छ । राष्ट्रिय एवम अन्तराष्ट्रिय प्रतियोगितामा मस्कट वा प्रतिकको रुपमा जनावरको आकृति प्रयोग गर्ने गरिएको छ । गत महिना सम्पन्न झापा गोल्डकपले हात्तीलाई मस्कटको रुपमा प्रयोग गरेको थियो । अहिले स्र्पोट्स सिटीको पहिचान बनाएको इटहरीले १२ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा ‘अर्ना’लाई मस्कट बनाएको छ । राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने १२ औ संस्करणको प्रतियोगिताको जनाउँ दिन १२ नम्बर जर्सी लगाएर अर्नाको मस्कटले फुटबल हान्दै गरेको देख्न सकिन्छ । मस्कट प्रयोगले खेलकुद क्षेत्रमा दर्शकको आर्कषण र टिमको प्रचारपसारसंग जोडेर हेरिन्छ ।

मस्कटको प्रयोग दर्शकहरुको आर्कषणका लागि

अन्तराष्ट्रिय खेलकुदमा मस्कटको प्रयोग भिडलाई ध्यान आकृष्ट गर्न प्रयोग गरिन्छ । प्रतियोगिताका लागि तय गरिएको मस्कटलाई खेलमैदानमा राखेर दर्शकहरुलाई आर्कषणका साथ मनोरञ्ज प्रदान गरिन्छ । तर नेपाली खेलकुदमा मस्कटलाई संकेतको रुपमा समेत प्रयोग गरिदै आएको छ । मस्कटको तय गरिएको जनावारहरुको क्यारेक्टरले सबैलाई एकताको भावना देखाउन मद्दत गर्न सक्दो प्रयास गर्छन् र यसले नैतिक समर्थन प्रदान गरेर सहभागि टोली र आयोजकलाई लक्ष्य प्रति वफादार बनाउन मद्धत गर्छ ।

7th national game itahari

आयोजक वा टिमको पहिचान दिन

मस्कटहरूले टोलीलाई पहिचान दिन मद्दत गर्दछ । धेरै प्रसिद्ध टिमहरु र प्रतियोगिता उनीहरुले प्रयोग गर्ने मस्कटको आधार पहिचान हुने गर्दछ । मस्कटका प्रयोग गरिने पात्रहरु जनावारसंग सम्बन्धित हुन्छन् । जब व्यावसायिक खेलकुद प्रतियोगितामा तिव्र प्रतिस्पर्धाको भावना जागृत हुन्छ, तब मस्कटको महत्व देखिन्छ । मस्कटको प्रयोग मिडिया एक्सपोजर बढाउन, परिवार–अनुकूल वातावरणलाई प्रोत्साहन गर्न, मनोरञ्जन स्तर बढाउन र मस्कटहरू आँखा आकर्षक र बेवास्ता गर्न गाह्रो हुने भएकाले अन्तराष्ट्रिय स्तरमा हुने धेरै जसो प्रतियोगितामा मस्कटलाई मित्रभावको रुपमा राख्ने गरिएको छ ।

277571601_112498844742585_8842706465554400818_n

यस कारण राखियो इटहरी गोल्डकपको मस्कट ‘अर्ना’

साविकको पुर्वाञ्चल विकास क्षेत्रमा भएको सातौ राष्ट्रिय खेलकुदको मस्कटको रुपमा अर्ना नै प्रयोग गरिएको थियो । अझै पनि इटहरी रंगशालामा त्यो मस्कट सुरक्षित नै देख्न सकिन्छ । त्यही मैदान अहिले स्तरिय प्यारापिट सहितको रंगशाला बनेपछि इटहरी गोल्डकप हुदैछ ।

आयोजकले यस पटक विशेष अर्थका साथ मस्कटको रुपमा अर्ना राखेको बताउँछन् । यसअघिका संस्करणमा मस्कटको प्रयोग गरिएको थिएन् । सुनसरी जिल्लामा पर्ने कोशी टप्पु बन्यजन्तु आरक्ष अर्नाको लागि देशभर प्रसिद्ध छ । जलबायु परिवर्तन र यसको वातावरणिय प्रभावका कारण कोशी टप्पुमा अर्नाको संख्यामा कमी आउन थालेको छ ।

आइयुसीएनले अर्नालाई संकटापन्न जनावरको सुचीमा समेत राखेको छ । दुर्लभ बन्यजन्तुहरुका वासस्थान संरक्षणमा प्रतिबद्धता ब्यक्त गर्दै ध्यान आकृष्ट गर्न मस्कटको रुपमा अर्ना प्रयोग गरिएको इटहरी गोल्डकपका सदस्य कोवितजंग कार्की बताउँछन् ।

‘ सुनसरी जिल्लामा पर्ने कोशी टप्पु अर्नाका लागि चिनिन्छ । एक त अर्नाको क्षेत्रका रुपमा चिनाउन खोजेका हौ । अर्को तर्फ अर्नाको संख्यामा कमी आएको कारण संरक्षण गरौ भनेर सन्देश समेत दिन खोजेका छौ ।’ उनले भने पछिल्लो समय मानव र जनावार बिचको द्धन्द्धका कारण अर्ना संकटापन्न अवस्थामा रहेको छ । विगत केही बर्षदेखि कोशी टप्पुबाट अर्नालाई स्थानान्तरण गर्न थालिएपछि अहिले संख्यामा समेत कमी आएकाले विरलै मात्रमा देख्न पाइन्छ ।

itahari maskat